Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

टी–२० लिग : नेपाली क्रिकेटको छविमा धब्बा

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
टी–२० लिग : नेपाली क्रिकेटको छविमा धब्बा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फाइल तस्वीर : नेपाल टि-२० क्रिकेट लिगको टिम घोषणाको पत्रकार सम्मेलन ।

२७ पुस, काठमाडौं । एकपछि अर्को विवादमा मुछिएको नेपाल टी–२० क्रिकेट लुम्बिनी अल स्टार्सलाई बिजेता चुन्दै सकिएको छ । तर यो प्रतियोगिताले नेपाल क्रिकेट संघको व्यवस्थापकीय क्षमतालाई उदाङ्गो मात्र बनाएको छैन, क्रिकेटको उदीयमान देशका रुपमा नेपालले बनाएको छविमा धक्का लागेको छ । यदि स्पट फिक्सिङ नै प्रमाणित भयो भने त नेपाली क्रिकेटले ठूलै क्षति व्यहोर्नुपर्नेछ ।

११ असोज २०७६ मा चुनिएको चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिको पहिलो लक्ष्य थियो, नेपालको आधिकारिक टी–२० लिग प्रतियोगिता गर्ने । पछिल्लो समय टी–२० लिग मनोरञ्जनसँगै क्रिकेटको विकासका लागि आर्थिक स्रोत जुटाउने माध्यम बनेको थियो । त्यसैले क्यानले नेपाल टी–२० लिग गर्न चाहनु स्वभाविक थियो ।

तर क्रिकेट संघले सुरुदेखि नै यसलाई विवादास्पद र अपारदर्शी रुपमा अघि बढायो । २०७७ मंसिरमा भएको साधारणसभामा करिव ४०÷४२ करोड रुपैयाँ लिने र भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सलाई १० वर्षका लागि नेपाल प्रिमियर लिग आयोजना गर्न दिने प्रस्ताव आयो ।

बोर्डभित्र र बाहिर पनि प्रश्न उठेपछि क्रिकेट संघका अध्यक्ष चन्द रोकिए । तर उनले भारतीय पक्षसँग प्रारम्भिक समझदारी गरिसकेका थिए, त्यसले अलग निर्णय पनि गर्न सकेनन् ।

कोरोना महामारीका कारण खेल गतिविधि ठप्प भयो, सेभेन थ्री स्पोर्ट्सले कुनै दबाव दिएन । जब कोरोना माहामारी कम भयो, क्रिकेट संघले ‘व्यापारिक तथा रणनीतिक साझेदार’का नाममा फेरि सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिता जिम्मा लगायो र पटक पटक मिति सार्दै उसले नेपाल टी–२० लिग पुस ८ को मिति तोक्यो ।

खेल सुरु हुनुपर्ने दिनसम्म फ्रेन्चाइज टिमबारे प्रष्ट जानकारी दिइएन, पुरस्कार राशी, प्रायोजक केही खुलाइएको थिएन । खेल एक दिन सार्दै पत्रकार सम्मेलन गरेको क्रिकेट संघ र सेभेन थ्री स्पोट्र्सले १ करोड २५ लाख पुरस्कार राशी घोषणा ग¥यो । प्रमुख प्रायोजकका रुपमा भारतीय कम्पनी वान एक्स ब्याटलाई सार्वजनिक गरेको थियो, जुन बेटिङ कम्पनी हो ।

एकातिर ३ करोड ९० लाख रुपैयाँ क्रिकेट संघलाई बुझाउनुपर्ने र प्रतियोगिताको तयारीमा लाग्ने सबै खर्च पनि आफैं व्यहोर्नुपर्ने कम्पनीले प्रायोजकहरु देखाउन नसक्नु र बेटिङ कम्पनीलाई प्रमुख प्रायोजक बनाएसँगै आशंका बढेको थियो ।

९ पुसमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा खेल सुरु भएसँगै विवाद र शंसय झन् बढ्यो । श्रम स्वीकृति नलिई केही विदेशी खेलाडीलाई मैदान उतारिए, केही फर्किए । स्पट फिक्सिङको आशंका बढ्यो । नेपालमा बेटिङ (सट्टेबाजी) गैरकानूनी छ, तर विदेशी बेटिङ बजारमा नेपाल टी–२० लिग उपलब्ध थियो ।

बेटिङबारे प्रश्न उठ्न थालेपछि प्रतियोगिताको सञ्चालनको जिम्मा लिएको सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया एकाएक सम्पर्कविहीन भए । क्यान अध्यक्ष चतुरबहादुर चन्द स्वयंले साझेदार कम्पनीको मालिक सम्पर्कविहीन हुँदै भागेको बताए । उनले नेपालबाट एउटा कारण देखाएर भारत पुगेका जतिनले त्यहाँ बसेर अनेक बहानाबाजी गरेको उनको आरोप लगाए ।

त्यसको भोलिपल्ट १९ पुसमा सम्झौताअनुसार पारिश्रमिक नपाएको भन्दै काठमाडौं नाइट्स र बिराटनगर सुपर किङ्सका खेलाडीले खेलमा टस गर्नै मानेनन् । क्रिकेट संघका पदाधिकारीहरुले साँझसम्म समय दिन आग्रह गरेपछि ९ ओभरको खेल त भयो, तर खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई स्पष्ट फिक्सिङको प्रस्ताव आएको खुलासा गरिदिए ।

संयोग ! त्यही खेलबाट विराटनगरको कप्तान फेरिएको थियो । वेस्ट इन्डिजका खेलाडी आन्द्र म्याककार्थीबाट जिम्मेवारी खोसेर विराटनगरले रोहिकुमार पौडेललाई कप्तान दिएको थियो । रोहितकुमार, नेपाली राष्ट्रिय टोलीका कप्तान समेत थिए ।

बिराटनगरले सुरुमा रोहितलाई नै कप्तान तोकेको पनि हो । तर रातारात उनको साटो नाम नै नचलेका म्याककार्थीलाई कप्तान तोकेसँगै शंका बढेको थियो । त्यही बेला प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि स्पट फिक्सिङका प्रष्ट संकेत देखिएको भन्दै विवादित प्रतियोगिताको हिस्सा नहुने घोषणा गरे ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बेटिङ, सम्भावित स्पट फिक्सिङ र श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेल्न दिएकोबारे अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि लिगबारे छानबिन गर्न कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा समिति बनायो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पनि आकस्मिक रुपमा एन्टी करप्सन युनिटका अधिकृतहरुलाई काठमाडौं पठायो । नेपालमा अध्ययन गरेर फर्किएको आईसीसीको टोलीले केही बोलेको छैन तर सीआईबीका अधिकृतहरुले भने प्रारम्भिक अनुसन्धानले फिक्सिङको प्रष्ट संकेत देखाएको बताएका छन् ।

सम्भावित फिक्सिङको अनुसन्धान गरिरहेको सीआईबीले स्पट फिक्सिङमा सेभेन थ्रीको पनि संग्लग्नता देखिएको संकेत गरेको छ । सीआईबीले ३ नेपाली र ४ विदेशी खेलाडी स्पट फिक्सिङमा संग्लग्न गरेको आशंकामा अनुसन्धान गरिरहेको छ ।

सेभेन थ्रीसँग जोडिएका ब्यक्तिहरुले खेलाडीहरुको एजेन्टको काम गरिरहेको सीआईबी स्रोतको दावी छ । नेपाल प्रहरीको अनुसन्धान र आईसीसीको निगरानीबाट बच्न पनि सेभेन थ्रीका सञ्चालक जतिन भारत पुगेको हुनसक्ने घटनाक्रमले संकेत गरेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने भारतमा भए पनि जतिन नियमित सम्पर्कमा रहेको बताए । उनले भने, ‘उनी नियमित सम्पर्कमा छन् र आवश्यक बजेटको जोहो गरिरहेको बताएका छन् ।’

क्रिकेट संघको निकम्मापन

क्रिकेट संघका पदाधिकारीहरले नेपाल टी–२० को आयोजक क्यान भएको र सेभेन थ्री स्पोर्टस ‘व्यापारिक र रणनीतिक साझेदार मात्र भएको दाबी गर्दै आएका थिए । जब प्रतियोगिता सुरु भयो, सबथोकमा सेभेन थ्री स्पोट्र्स र, यसका मालिक जतिन हाबी भए ।

सेभेन थ्री स्पोटर््ससँग गरिएको सम्झौतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्री भन्छन्, ‘सेभेन थ्री स्पोट्र्ससँग सहकार्यको सुरुवात नै गलत थियो । त्यसको परिणामहरु आज भोग्दैछौं ।’

क्षेत्रीले भने जस्तै सुरुमा सम्झौता गर्दाको त्रुटिलाई ढाकछोप गर्न क्रिकेट संघले एकपछि अर्को झुट बोल्यो । त्यसको सेभेन थ्री स्पोट्र्सले लाभ लियो र एकपछि अर्को विवाद आयो ।

कतिसम्म भने ६ शहरको नामबाट निर्मित अधिकांश फ्रेन्चाइज टिम समेत पारदर्शी भएन ।

नेपाल स्पोर्टस् भेन्चरको स्वामित्व रहेको काठमाडौं नाइट्सले सोमबार इलिमिनेटर खेल खेल्दा त टिममा न विदेशी खेलाडी थिए, न प्रशिक्षक, न व्यवस्थापक नै थिए । ११ जनामात्र खेलाडी उपस्थित हुँदा मैदानमा पानी लगिदिने समेत कोही भएनन् ।

भारतीय कम्पनी भनिएको डायमण्ड डिजीक्याप प्रालिको स्वामित्वमा रहेको विराटनगर सुपर किंग्स र गोल्ड स्पोर्टस प्रालिको स्वामित्वमा रहेको जनकपुर रोयल्सका खेलाडीले पनि आफ्नो व्यवस्थापनबाट अपेक्षाअनुसार व्यवहार पाएनन् ।

प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको फारवेष्टका खेलाडीले प्रतियोगिता सकिसक्दा एक सुको नपाएको गुनासो गरेका थिए । यो टिमलाई बेलायतको भनिएको एसएस इभेन्ट एण्ड भेन्चर्सले स्वामित्व लिएको थियो ।

लुम्बिनी हेल्थकेयर ग्रुपले स्वामित्व लिएको भनिएको पोखरा एभेन्जर्स र नेपाल अल स्टार्स, अमेरिकाले स्वामित्व लिएको लुम्बिनी अल स्टार्समा भने पारिश्रमिकको समस्या सुनिएन । अरु टिमका खेलाडीले भने पारिश्रमिक पाएका छैनन् ।

नेपाल टी–२० मा नेपाली खेलाडीहरुले वर्गीकरणअनुसार क्रमशः १५, १० र ५ लाख रुपैयाँ पारिश्रमिक तोकिएको थियो । विदेशी खेलाडीको हकमा ए क्याटागोरीका खेलाडीले ४० हजार, बी क्याटागोरीका खेलाडीको २० हजार र सी क्याटागोरीका खेलाडीको १२ हजार ५०० अमेरिकी डलर पारिश्रमिक निर्धारण गरिएको थियो । तर लुम्बिनी र पोखराबाहेक चार टिमका खेलाडीहरुले पारिश्रमिक पाउनेमा संशय छ ।

क्रिकेट संघसँग भएको सम्झौताअनुसार प्रतियोगिताको सम्पूर्ण पुरस्कार दिने जिम्मा सेभेन थ्री स्पोट्सको हो । बुधबार फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरेर च्याम्पियन बनेको लुम्बिनी अल स्टार्सले ५५ लाख पाउनुपर्छ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पुरस्कार पाउनुपर्छ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी बनेका विराटनगरका हुसेल तलतले ५ लाख, उत्कृष्ट ब्याटर र बलर क्रमसः फारवेष्ट युनाइटेडका हस्मतुल्लाह शाहिदी र काठमाडौंका अविनाश बोहराले जनही २ लाख ५० हजार तथा उदीयमान खेलाडी बनेका काठमाडौंका सूर्य तामाङले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउनुपर्छ ।

हरेक खेलका प्लेयर अफ द म्याचले पाउनुपर्ने ४० हजार रुपैयाँ पनि अहिलेसम्म कसैले पाएका छैनन् ।

क्रिकेट संघका अध्यक्ष चन्द भने ढिलोचाँडो सेभेन थ्रीले पुरस्कारबापतको रकम भुक्तानी गर्ने विश्वास व्यक्त गर्छन् । ‘यति समयभित्रै पुरस्कार उपलब्ध गराउने भनेर सम्झौतामा उल्लेख छैन । पैसा जुटाउने प्रयास गरिरहेको छु, भुक्तानी गर्छु भनेको छ’, उनले भने, ‘सबैले पुरस्कार पाउँछन्, पाउनुपर्छ ।’

सम्झौताअनुसार यो वर्ष क्रिकेट संघले सेभेन थ्रीबाट पाउनुपर्ने ३ करोड ९० लाखमध्ये १ करोड ७० लाख रुपैयाँ उठ्न बाँकी छ । यही रकमका कारण क्रिकेट संघले सम्झौता रद्द गर्ने निर्णय गर्न सकेको छैन । ‘हामी बोर्ड बैठक बस्नेछौं, यो विषय साधारणसभाबाटै पारित भएकाले त्यहाँ पनि लैजान सक्छौं’, उनले थपे, ‘लिगमा अलिकति तलमाथि भयो । तर सानोतिनो विषय उछाल्नुभन्दा लिगका अरु पक्षहरुलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

क्रिकेट संघले भने भोलिका दिनमा पनि ठूला प्रतियोगिताहरु गर्न चाहिने विश्वास अहिले नै गुमाइसकेको छ । पूर्व कप्तान क्षेत्रीले अनलाइनखबरसँग भनेका छन्, ‘प्रतियोगिताका नाममा जे जस्ता नाटक मञ्चन भयो, यसले नेपाली क्रिकेटले प्राप्त गरेको उपलब्धी पनि गुम्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

Previous Post

नयाँ सरकारको काँधमा स्वदेशी उत्पादन र उपभोग बढाउने जिम्मा

Next Post

माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको ब्याज घट्न तीन महिना लाग्ने

Next Post
माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको ब्याज घट्न तीन महिना लाग्ने

माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको ब्याज घट्न तीन महिना लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.