Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

संसदमा रवि लामिछानेका सिधा कुरा

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२५ पुस, काठमाडौ । प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन अरु नेताको भन्दा फरक रह्यो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले छोटो सम्बोधनमा आफ्नो पार्टी उदयको अर्थ बताए, अनि भ्रष्टाचारमा कारबाही गर्न आफू निर्मम हुने जिकिर गरे ।

कुनै पनि खालखण्डको भ्रष्टाचारका फाइल खोल्ने बताएका लामिछानेले काूनन पालनामा सहयोग गर्न सांसदलाई अनुरोध समेत गरे । सम्बोधनका क्रममा बारम्बार छातीमा हात राख्दै उनले वाचा गरिरहे । आफू मात्र होइन आफ्नो पार्टीका सांसदको समेत जिम्मा लिँदै उनले जनताको शिर निहुरिन नदिने प्रतिवद्धता जनाए ।

नयाँ दललाई मत दिएर जनताले परिवर्तन खोजिरहेको संकेत गरेको सुनाउँदै लामिछानेले भने, ‘यो मुलुकमा अब परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बनाएका घण्टीको ध्वनि हो र यो ध्वनिलाई संसदले सुन्नेछ । सदुपयोग गर्ने छ ।’

जन–अपेक्षा अनुसार नयाँ राजनीतिक दल उदाएको बताउँदै उनले जन–अपेक्षा पूरा नभएमा मुलुक निराशामा जाने लामिछानेले सुनाए । ‘हामी जस्ता नयाँ राजनीतिक दलहरुको आगमन जनताको अपेक्षा अनुसार भएको हो । त्यो अपेक्षामा कुनै कारणले कुठाराघात भयो भने एउटा चरम निराशामा मुलुक जानेछ । यस कुराको हेक्का हामीमा छ । र, सम्पूर्ण राजनीतिक दलहरुलाई पनि छ होला’, लामिछाने गम्भीर सुनिए ।

संसदले वर्षौदेखिका भ्रष्टाचारका भारी बिसाउनुपर्ने तर्क गर्दै लामिछानेले संसदलाई प्रश्न समेत गरे । ‘संसद अधिवेशनको पहिलो दिनमा हामीले भन्नैपर्छ– वर्षौदेखि भ्रष्टाचारका विभिन्न काण्डहरु मच्चाएको र जनता निराश भएको अवस्थामा अबको संसदले त्यो भारी बोकिरहन्छ कि त्यो भारीलाई बिसाउँछ ?,’ लामिछानेले प्रश्न गरे । उनले भ्रष्टाचारको सम्पूर्ण पुराना फाइलहरु खोल्न ऐक्यवद्धताको पनि माग गरे ।

संसदलाई प्रश्न गरेका लामिछानेले सांसदलाई खबरदारीपूर्ण आग्रह पनि गरे । भ्रष्टाचार र गैरकानूनी क्रियाकलापमा जोडिएका मान्छेलाई छुटाउन दबाव नदिन आग्रह गर्दै उनले भने, ‘आपराधिक गतिविधिमा यदि छानबिन भइरहेको छ भने त्यसलाई प्रभाव पार्नको निमित्त आफ्ना मान्छेहरु छुटाउनु पर्‍यो भन्ने किसिमका दबाव सिर्जना नगरिदिनु होला । ल एण्ड अर्डरलाई पालना गर्ने हो भने त्यसको सुरुवात यो गरिमामय संसदमा उपस्थित हामी सबैबाट हुनुपर्दछ ।’

लामिछानेले छातीमा हात राख्दै आफू र आफ्नो दलका सांसदले कुनै पनि प्रकारको अनियमितता नगर्ने वाचा गरे ।

‘म र म सम्वद्ध दलका कुनै पनि प्रतिनिधिहरुबाट, सांसदहरुबाट कुनै पनि किसिमको अनियमितता हुने छैन । कहीँकतै नागरिकलाई दुःख दिने काम हुने छैन । कुनै काण्डहरुमा हामी मुछिने छैनौं’, लामिछानेले भने, ‘म बाचा गर्न चाहन्छु– हामी मुलुक र मुलुकबासीका लागि हामीले हिजो गरेका बाचाहरु पूरा गर्नका लागि तयार भएर आएका छौं ।’

सञ्चारकर्ममा रहँदा खरो र चर्को बोल्ने लामिछानेले संसदमा भ्रष्टाचारका फाइल खोल्ने र कारबाही गर्ने मामिलामा आफू निर्मम हुने सुनाएर उनले आफू आफ्नो काममा प्रष्ट भएको संकेत गरे ।

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारका फाइल इमानदारीसाथ खुल्छ, सरकार भ्रष्टाचारबिरुद्ध निर्मम भएर खडा हुन्छ’, भन्दै लामिछानेले सरकारले तयार पार्ने न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार निवारण एउटा बुँदा हुने सुनाए ।

सरकारले सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रम, आफ्नो पार्टी र सरकार जनजीविकाको सवालमा खरो भएर उत्रिने वाचा गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको वाचा र जनमतको गणितका कारण पनि आफूहरु सरकारमा गएको सुनाए ।

आवेगको मत पाएको भन्दै रास्वपामाथि हुने टिप्पणीको जवाफ समेत लामिछानेले संसदबाट दिए । आवेगको नभई आशाको मत पाएको बताउँदै लामिछानेले कर्तव्य पूरा गर्दा कहीँ चुके कुर्सी र पदको लोभमा नलोभिने वाचा समेत गरे ।

नागरिकले महसुस गर्ने गरी सरकारले काम गर्ने बताउँदै लामिछानेले आफूले गरेका वाचा पूरा गर्न नसकेको दिन कुर्सिबाट हट्ने पनि सुनाए ।

‘हाम्रो तर्फबाट प्रतिवद्धतामा कुनै कमीकमजोरी आएको खण्डमा सरकारमा, लोभमा वा पदमा टाँसिरहने छैनौं,’ प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘यो बाचा पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही रोष्ट्रमबाट गराउन चाहन्छु ।

हामी आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा कहीँकतै चुक्यौ भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं । यसमा यहाँहरु निर्धक्क हुनुहोला । सत्ता साझेदार दलहरुलाई पनि म यो बाचा गर्न चाहन्छु ।’

उनले प्रतिपक्षी दलबाट स्वस्थ आलोचनाको अपेक्षा रहेको बताउँदै सकारात्मक काममा अड्को थाप्ने नभई सघाउने काम हुनेछ भन्ने अपेक्षा रहेको पनि बताए । ‘म यो अपेक्षा पनि गर्दछु कि प्रतिपक्ष दलबाट अड्काउने होइन, सघाउने काम हुनेछ भन्ने कुरा पनि म आशा गर्छु,’ उनले भने ।

पूर्वसचिव शारदाप्रसाद त्रितालले लामिछानेको प्रतिवद्धताको सह्राहना गरेका छन् । ‘रोष्ट्रममा उभिएर भनिएको उक्त भनाइ ज्यादै महत्वपूर्ण मानिन्छ’ त्रितालले फेसबुकमा लेखेका छन्, ‘अघिल्ला दुई सरकारले रोकेको बालुवाटारको ललिता निवासको जग्गामा भएको किर्ते र ठगी सम्बन्धी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको अनुसन्धानको विवरण सार्वजनिक गरेर देखाउन सक्नुभएमा भनाइ र गराइका बीचको वास्तविकता थाहा हुन सक्ने थियो । उहाँका लागि यो विषय अवसर र चुनौती दुबै हो ।’

लामिछानेको प्रष्टतामाथि शंका पनि छ । लामिछानेको नागरिकता र राहदानीको विषयमाथि सवाल उठेको हुँदा उनले सबैभन्दा पहिला आफ्नै विषयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइ छ ।

‘गृहमन्त्रीले सबैभन्दा पहिला त आफ्नो विषयमा प्रष्ट हुनुपर्‍यो’, महर्जन भन्छन्, ‘आफ्नो नागरिकता र पासपोर्टको विषय अदालतमा छ, अरु विषयका भ्रष्टाचारका फाइल खोल्छु भन्ने कुरा सुहाएन । नागरिकता र राहदानीमाथिको प्रश्न पनि भ्रष्टाचार नै हो ।’

सञ्चारकर्ममा रहेदेखि नै लोकप्रिय भाषा बोल्न सिपालु लामिछानेले संसदमा पनि त्यस्तै भाषा बोलेको बताउँछन् पूर्वराजदूत विजयकान्त कर्ण ।

‘उहाँ टिभीमा हुँदा पनि यस्तै चर्को बोल्नुहुन्थ्यो संसदमा पनि त्यस्तै बोल्नुभयो,’ राजनीतिशास्त्रका प्राध्यपक समेत रहेका कर्ण भन्छन्, ‘जुन निकायले उनीमाथि छानबिन गरिरहेको छ त्यही निकायको मन्त्री हुन जानु नै आफैंमा भ्रष्टाचार हो । त्यसैले उहाँको बोली र व्यवहारमा विरोधाभास देखिइसक्यो ।’

अरुका विषयमा प्रष्ट भइरहँदा लामिछानेले आफ्नो नागरिकता र राहदानीको विषयमा भने प्रष्टता नदेखाएर छल गरेको कर्णको बुझाइ छ ।

Previous Post

फेसन शोमा सहभागी हुन मलाइका अरोरा काठमाडौंमा (तस्वीरसहित)

Next Post

नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी, दुई समितिमा संयोजक तोकिए

Next Post

नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी, दुई समितिमा संयोजक तोकिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.