Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home खेलकुद

नेपाल टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in खेलकुद, मुख्य समाचार, समाचार
0
यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१७ कात्तिक, सुक्रबार ।


नेपाल टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई आज ८ विकेटले हराउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । मूलपानी क्रिकेट मैदानमा आज यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै भेट्टायो । नेपालका आशिफ शेखले अविजित ६३ तथा कप्तान रोहितकुमार पौडेलले अविजित ३५ रन बनाउनुभयो । यस्तै गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रनको योगदान गर्नुभयो । टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । यूएईका वृत्य अरबिन्दले ६४ र मोहम्मद वासिमले २६ रन बनाउनुभयो । नेपालका कुशल मल्लले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिनुभयो । ३ ओभर बलिङ गरेका कुशलले ११ रन खर्चेर ३ विकेट लिनुभयो । यसैगरी, सन्दीपले ४ ओभरमा १४ र सोमपालले ३ ओभरमा १५ रन खर्चनुभयो । अबिनाश बोहोराले भने आज महङ्गो बलिङ गर्नुभयो । उहाँले ३ ओभरमा ३६ रन खर्चे पनि विकेट लिन सक्नुभएन । यस्तै करण केसीले पनि ३ ओभरमा २६ रन र गुल्सन झाले ३ ओभरमा २४ रन खर्चनुभयो तर विकेट लिन भने असफल हुनुभयो । छनोटको फाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । आजै भएको अर्को सेमिफाइनलमा बहराइनलाई हराउँदै ओमान फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा हुनेछ ।

Previous Post

नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगनको काम सुरु

Next Post

टी-ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

Next Post
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ

टी-ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.