Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीमा असई यादव अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गर्यो

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, समाचार
0
सर्लाहीमा असई यादव अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गर्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२२ कार्तिक, बुधबार

सर्लाहीमा दुई जना तस्करलाई अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गरेको छ । गत शुक्रवार दुई जना तस्करलाई सामान र मोटरसाइकल सहित नियन्त्रणमा लिएर प्रसनि मनोज यादवले ५० हजार रुपैयाँ लिएको खुलाशा भएको छ । प्रहरी चौकी सँग्रामपुर सर्लाहीको इन्चार्ज असइ यादवले ५० हजार रुपैयाँ घुस लिएर छोडेको घटना बाहिरीको छ । यादव जिम्मेवारी सम्हालेदेखि सो क्षेत्रबाट तस्करी लगायतको धन्धा गर्ने तस्करहरुसँग महिनावारी लिएर लाइन खुलेको जानकारी पटक पटक जिल्ला प्रहरी कार्यालयमा पुग्दा समेत जिल्ला नेतृत्वले कुनै चासो नदेखाएको गुनासो स्थानीयहरुले गर्दै आएका थिए । प्रसनि यादवले तस्करलाई नियन्त्रणमा लिएर “पैसा देउ नत्र मोटरसाइकलसहित भित्र थुनिदिन्छु साथै लागु औषधमा फसाइ दिन्छु भनि तस्करलाई डराइ धम्काई तस्करसँग रहेको १० हजार नगद लिइ बाँकी ४० हजार रुपैयाँ स्थानीय एक जनाको खातामा जम्मा गर्न लगाएपछि तस्कर र मोटरसाइकललाई छोडिदिएका थिए ।

पछि यो कुरा बाहिरिएपछि मनोजले स्थानीय केही जन प्रतिनिधिमार्फत पैसा दिएको कुरा बाहिर किन भनेको भनेर बन्धक बनाई कुटपिट गरेर “पैसा गल्तीले गएको भन भनेर कागज गराउने प्रयास गरेका थिए ।” प्रसनि मनोजको दादागिरीबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितले जानकारी गराएपछि भर्खरै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर आएका स्वच्छ छविका प्रहरी उपरीक्षक प्रवीण धितालले मनोजलाई जिल्लामा बोलाएर बयान लिएको जानकारी प्राप्त हुन आएको छ । यस सम्बन्धमा प्रहरी उपरीक्षक धितालँग बुझ्न खोज्दा उनले संग्रामपुर चौकीका इन्चार्जको बारेमा गुनासो आएपछि बयान लिने काम र छानबिन भइरहेको छ । प्रहरी आचरण विपरित काम गरेको पुष्टि भएमा कारवाही हुने बताउनु भयो । यता असई मनोज यादवले कारवाहीबाट जोगिन विभिन्न राजनीतिक दलको शक्ति लगाएर सर्लाही प्रहरी नेतृत्वलाई दबाव दिन लगाउने प्रयास गरिरहेको स्रोतले जनाएको छ । दुई महिना अघि संग्रामपुर चौकीको जिम्मेवारी लिएको दुई दिनमै प्रसनि यादवले तस्करहरुसँग मिलेर जिल्ला नेतृत्वलाई बदनाम गराउन शुरु गरेपछि दुई दिनमै जिल्ला तानिएका थिए तर उनले यस अघिका प्रहरी उपरीक्षक नरेशराज सुवेदीलाई राजनीतिक दबाव र प्रभावमा पारेर फेरि फिर्ता जान सफल भएका थिए ।

त्यस्तै २०७४ साल चैत्र महिनामा बाराको मधुवन प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा होस् या २०७९ सालमा पथलैया प्रहरी चौकीको इन्चार्जको रुपमा कार्यरत रहँदा पैसामूखि यादवले प्रहरी संगठनका उच्च पदस्थ अधिकारीहरुको नाम समेतमा तस्करहरुसँग अवैध असुली गर्ने, रिझाउने काममा बदनामी कमाउँदै आएको उनकै निकटवर्तीहरु बताउँछन् । त्यति मात्र हैन पूर्व डिआइजी उमेश रंजितकारको घुमुवाको बनेर पनि असुली धन्धा चलाएका थिए । प्रदेश २ का डीआइजी उमेश रंजितकार र सर्लाहीका एसपी सन्तोषसिंह राठौरले राखेका घुमुवा असई मनोज यादवले संगठनलाई बदनाम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तानेको थियो । असई यादव सर्लाहीको सबैभन्दा बढी तस्करी हुने त्रिभुवननगर सीमाचौकीका इन्चार्ज र डिआइजी र एसपीका घुमुवाका रुपमा पर्सा, बारा, महोत्तरी लगायतका जिल्लाबाट पनि अतिरिक्त असुली गर्दैआएका थिए । अख्तियारसम्म पहुँच छ भन्दै असई यादवले सई इन्चार्ज हुने आकर्षक चौकीको इन्चार्ज हुने र तस्करसँग कनेक्सन गरी लाभ लिने गरेको आरोप छ । भन्सारछलीदेखि सीमापार अपराधिक गतिबिधि गर्नेहरुसँग साँठगाँठ भएका असई यादवले डीआइजीदेखि एसपीसम्मलाई मासिक दररेट बुझाएर खुसी पार्दैआएका छन् ।
सिमा प्रहरी चौकी संग्रामपुरबाट सईको सरुवा गराएर इन्चार्ज भएका असई मनोज यादव आफू मधेश प्रदेशको डिआइजीको नजिकको मान्छे भएकै कारणले सईको दरबन्दी रहेको ठाउँमा पनि इन्चार्ज भएको भन्दै छाडा र अनियन्त्रित घोँडाजस्तो संगठनलाई बद्नाम गर्दै हिंडेको देख्दा इमान्दार प्रहरीहरु लाजले औँला टकिरहेका छन् । प्रहरीमा रहेर पनि पेशागत आचरण कम र आपराधिक मनोवृत्ति बढी राख्ने तथा भ्रष्ट हाकिमहरुलाई प्रभावमा पार्न माहिर खेलाडी प्रसनि यादवले सर्लाही प्रहरी प्रमुख एसपी धितालालाई शक्तिकेन्द्रबाट दबाव एवं प्रभावमा पार्न लगाएर कारवाहीबाट बाँच्छन् या कारवाहीमा पर्छन् चासोको विषय बनेको छ ।

Previous Post

गोडैतामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

Next Post

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै

Next Post
आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.