नेपालको वन औषधि र खनिजलाई आयुर्वेद औषधि बनाएर विश्वलाई निर्यात गर्न सक्ने क्षमता रहेको ३ दिवसीय अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनले निष्कर्ष निकालेको छ । जनकपुरमा कात्तिक २३ गतेदेखि २४ गतेसम्म भएको सम्मेलनबारे बुधबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक डाक्टर राकेशकुमार सिंहले सम्मेलनबाट आयुर्वेद औषधि उत्पादनको प्रमुख थलो नेपाल बन्न सक्ने निष्कर्ष निकालेको जानकारी दिएका हुन् । सहभागी आयुर्वेदका विज्ञले आयुर्वेदको लगानीले विकसित राष्ट्र बनाउन सकिने निष्कर्ष निकालेको पत्रकार सम्मेलनमा बताए । सम्मेलनमा नेपाल, भारत, बंगालदेश, मरिससलगायत राष्ट्रबाट ९७१ जना सहभागी भएका डाक्टर सिंहले बताए । पत्रकार सम्मेलनमा डाक्टर झाले आफूले संचालन गरेको ब्रम्हभूमी हेल्थ रिसर्च सेन्टरमा गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै अब आगामी दिनमा सरकारले तोकेको ओपिडी शुल्क नलिने घोषणा गरे ।

