Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

पूर्व राष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने

swarmikhabar by swarmikhabar
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
पूर्व राष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ फागुन : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गर्नुभएकोमा प्रथम राष्ट्रपति डा यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार, २०८० प्रदान गरिने निर्णय भएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । साथै करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

एबिसी नेपालका संस्थापक अध्यक्ष, विगत चार दशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान दिनुभएकोमा दुर्गा घिमिरे र शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तवला वादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय भएको छ । विसं २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानुभक्त ढकाल रहनु भइ नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ । केही वर्षयता पुरस्कार राशीमा थप गरी प्रत्येक पुरस्कारको राशी रु एक लाख एक हजार बनाइएको छ । यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसक्नुभएको छ । उक्त पुरस्कार तथा सम्मान यही फागुन १३ गते निधिको १०३औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ । पुरस्कार चयनका लागि नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइरालाको संयोजकत्वमा पूर्वराजदूत डा दिनेश भट्टराई, प्रा डा कुमार कोइराला, प्रा नवेन्द्र निधि सदस्य रहनुभएको निर्माण भएको थियो ।

Previous Post

वैदेशिक रोजगारी लाई ब्यवस्थित बनाउन तीनै तहको सरकार बिच समन्वय आवश्यक : – मुख्यमन्त्री यादव

Next Post

स्थानीय कृषि उत्पादन किन्दै सहकारी

Next Post
स्थानीय कृषि उत्पादन किन्दै सहकारी

स्थानीय कृषि उत्पादन किन्दै सहकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.