Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

स्थानीय कृषि उत्पादन किन्दै सहकारी

swarmikhabar by swarmikhabar
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
स्थानीय कृषि उत्पादन किन्दै सहकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, ११ फागुन : उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो । भङ्गाहा–४ रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ । “उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ”, किसान राजकुमार दासले भन्नुभयो, “अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन । संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ ।” तराईको विशेष तरकारी मानिने ओल र बेसार, खोर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान बिक्रीको कुराबाट ढुक्क भएका हुन् । बर्दिबास–७ का रामउद्गार महतोले भन्नुभयो, “पहिलेपहिले ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौँ ।” संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास–७ र ९, तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ । संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खोर्सानी किन्न थालेपछि भङ्गाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ । “अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो । अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ”, प्रेमनगरका ओल किसान सुफल महतोले भन्नुभयो । “हर्दी (बेसार), खोर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन् । यी सबै संस्थाले किन्छ”, पशुपतिनगरकी पारोवती महतोले भन्नुभयो, “संस्थाले किन्न थालेपछि ढुक्क भएका छौँ । आम्दानी पनि प्रशस्त हुन थालेको छ । रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्वपूर्ण गर्जो टार्न पाइएको छ ।” संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय उत्पादन किन्न थालेको जनाएको छ । अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । उहाँका अनुसार गत असोजयतादेखि संस्थाले करिब रु १० लाखभन्दा बढीको उक्त उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ । यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पु¥याइएको अध्यक्ष यादवले जानकारी दिनुभयो । “अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टलभन्दा बढी ओल पठाएका छौँ ।” संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाइ थियो । गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञानकेन्द्र महोत्तरीले जनाएको छ । महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ ।

Previous Post

पूर्व राष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने

Next Post

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

Next Post
पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.