Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

राजेन्द्र महतो नेतृत्व पार्टीको केन्द्रीय सदस्यसहित जसपा नेपाल प्रवेश

Sp Yadav by Sp Yadav
३ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
राजेन्द्र महतो नेतृत्व पार्टीको केन्द्रीय सदस्यसहित जसपा नेपाल प्रवेश
257
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी १८, माघ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य विष्णु गुप्तासहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
आइतबार सप्तरीको शम्भुनाथ नगरपालिका स्थित कठौना बजारमा आयोजित चुनावी छलफल तथा भेटघाटमा गुप्तासहित विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका नगरसचिव रहेका सेवा निवृत लेखापाल कामेश्वर साहको नेतृत्वमा समेत दर्जनौं नेता तथा कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता कुलानन्द साह, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला सदस्य तथा शम्भुनाथ नगरपालिका संयोजक सुनिल कुमार मण्डल, चन्द्रिका देवी चौधरी, निलम देवी चौधरी, श्रीवती देवी साह, गेना देवी सरदार, सुनिता देवी सरदार, सुनिता देवी सरदार, रिता देवी चौधरी, प्रमेश्वरी देवी सरदार, जानो देवी राम, बिनिता देवी राम, जिबछी राम सहितका व्यक्तिहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार उपेन्द्र यादवले गम्छा तथा माला लगाएर स्वागत गरेका छन् । उनले नव प्रवेशीहरुलाई पार्टीको नीति एवम् सिद्धान्तमा प्रतिवद्ध रहँदै चुनावी अभियानमा लाग्न आह्वान गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सातओटै प्रदेशमा मधेश पछाडि रहेको तथा गरिबी, बेरोजगारी लगायतका समस्याले समेत ग्रस्त रहेको बताए । देशमा ३५ वर्षसम्म कांग्रेस कम्युनिस्टले शासन सत्ता सञ्चालन गरेको चर्चा गर्दै उनले भने ‘३५ वर्ष अघि सञ्चालनमा रहेका सयौँ कलकारखानाहरु कांग्रेस कम्युनिस्टकै गलत नीतिका कारण बन्द भयो, निजिकरण गरी सरकारी विद्यालय, विद्यालय, अस्पताल समेतलाई धरासायी बनाएर देशलाई नै बर्वाद गर्ने काम भयो ।’
मधेश जनविद्रोहबाटै मधेशी, महिला, दलित, जनजाति, थारु, मुस्लिम, आदिवासी, अल्पङ्ख्यक लगायतका जाति तथा समुदायको कोटाको सुनिश्चितता भएको उनले बताए । कांग्रेस कम्युनिस्ट पार्टीमा केन्द्रीय समितिमा समेत कोटा सुनिश्चित भएको बताउँदै उनले भने ‘हामीले मधेश आन्दोलन नगरेको भए ती पार्टीहरुमा पनि मधेशीले ठाउँ पाउने थिएन । नेपालमै पहिचानको आधारमा एकमात्र मधेश प्रदेश स्थापना भएको चर्चा गर्दै अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा करिब ६० प्रतिशत मधेशको जनसङ्ख्या रहे पनि विकासीय बजेट मात्र ११ प्रतिशत दिने गरेकोले अझैं पनि मधेश र मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि सङ्घर्ष जारी रहेको बताए ।
स्थानीय नेता एवम् वडा अध्यक्ष चन्द्रकान्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य तथा युवा विद्यार्थीका प्रमुख बिदेश्वर प्रसाद यादव बिक्की, प्रदेशका नेता दिनेश कुमार यादव, युसुफ अलि, जिल्ला अध्यक्ष सुनिल कुमार झा, विनोद कुमार यादव, समानुपातिक उम्मेदवारद्वय स्वस्तिका चौधरी, चुल्हाइ मण्डल, जिल्ला उपाध्यक्ष हरेराम यादव, अधिवक्ता मो. समिम, वडा अध्यक्ष गोपाल चौधरी। समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, ओबिसी महासंघका जिल्ला अध्यक्ष उमेश कुमार यादव लगायतले मन्तब्य व्यक्त गरे ।
अध्यक्ष यादवले आइतबारै डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडाहरुमा समेत चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा सहभागिता जनाएका छन् ।

Previous Post

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ- उपेन्द्र यादव

Next Post

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

Next Post
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.