Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

आधारभूत आर्थिक परिसूचक नसुध्रिंदै बढेको बजार कति दिगो ?

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२६ पुस, काठमाडौं । ७ पुसमा  १८६७.२१ अंकमा बन्द भएको सेयर बजार परिसूचक (नेप्से) २५ पुसमा आइपुग्दा २२११.७७ अंक पुगेको छ । ११ पुसमा नयाँ सरकार बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएयता बजार सोमबारसम्म परिसूचक नेप्सेमा ३४४.५६ अंकले वृद्धि भएको छ ।

प्रचण्ड तीनै व्यक्ति हुन्, जसले १८ मंसिर २०७८मा सेयर बजारको लगानीलाई  साम्राज्यवादका विकसित रुप भनेका थिए । ‘पूँजीबजारबाट पूँजीपतिहरुले सिधै पूँजीबाट पूँजी लिने गर्दछ । अब पूँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सट्टा बजारमा हुन्छ , ‘ उनले भनेका थिए, ‘..अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ । विश्वभर नै यो क्षेत्रमा पूँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्लेषण गर्नु जरुरी छ । यस प्रकारमा विकृतिको विष्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीको हो । यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि आउँदैन ।’

तर, उनकै नेतृत्वमा सरकार गठनपछिको सेयर बजार खुलेको ११ दिनमा ९ दिन बजार परिसूचक बढिसक्यो । मंगलबार पनि सुरुवाती समयमा बजार बढ्दो क्रममा छ । ७ पुसमा २७ खर्ब रहेको कुल बजार पूँजीकरण २५ पुसमा आउँदा ३१ खर्ब ९३ अर्ब नाघेको छ ।

यस्तो किन भयो त ? यसका खास कारण के हो भन्ने सेयर विश्लेषकले समेत बुझ्न सकेका छैनन् । तर, धेरैको अनुमान छ, यो सेयर लगानीकर्तालाई हौस्याउने गरी सीमित ठूला लगानीकर्ता र सेयर दलालहरुले ‘बुलिस अर्थमन्त्री आए’ भन्दै चलाएको हल्लाको परिणाम हो ।

पौडेल अर्थमन्त्री नियुक्त भएकै दिनदेखि सेयर बजार बढ्ने क्रम देखिएकाले पनि यस्तो हल्लामा विश्वास गर्नेहरु बाक्लिंदै गएका छन् । अझ पौडेल अर्थमन्त्री भएपछि नेपाल राष्ट्र बैंकले चालु पूँजीकर्जा मार्गदर्शनलाई सरल बनाउँदै संशोधनहरु गरिदिए यस्तो चर्चा गर्नेहरुलाई प्रोत्साहन मिलेको छ । र, यस्ता कारणहरुले लगानीकर्ताहरुमा आत्मविवश्वास बढ्दै गएको पनि देखिन्छ ।

यसअघि लगातार घटिरहेको बजारमा लगानी फसाएकाहरु घाटा व्यवस्थापन गर्न बजारमा फर्किएका छन् ।

अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा यसअघिको कांग्रेस नेतृत्वको सरकार रहिन्जेल निराशा मात्रै देखिएको थियो । अर्थतन्त्रमा आएका समस्याहरुको असर सेयर बजारमा परेको थियो ।

तर, नयाँ सरकार आएपछि अर्थतन्त्रको आधारभूत सूचकमा रातारात त्यस्तो केही बदलिएको देखिंदैन, तर बजारमा दैनिक हरियाली छ र कारोबार रकम बढेको बढ्यै छ । पछिल्लो ३ दिन नेप्सेमा लगातार ५ अर्ब माथिको कारोबार हुनुले बजारको आत्मविश्वासलाई पुष्टि गर्छ ।

सबैजसो उपसूचकमा वृद्धि हुँदा बजारमा ठूलो हिस्सा रहेको हाइड्रोपावरको उपसूचक नै  ३४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनी उपसूचक ३० प्रतिशत भन्दा बढीले वृद्धि हुँदा जीनव बीमा उपसूचक पनि २४ प्रतिशतले बढेको छ । त्यसमाथि बैंकिङ उपसूचक १०.६४ प्रतिशतले बढ्दा नेप्से उकालोतिर छ ।

दिगोपनमा आशंका

पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेकै दिन अर्थतन्त्रमा देखिएका समस्या समाधानमा पहल गर्ने बताएका थिए । अहिलेसम्म उनले त्यस्तो ठोस कदम चालेको देखिएको छैन । र पनि सेयर बजारले नयाँ सरकारलाई विश्वास देखाइहेको छ ।

विगतमा पौडेल अर्थमन्त्री बन्दा सेयर बजार बढेको उदहारण दिएर यसपटक पनि अब सेयर लगानीमैत्री वातावरण तयार हुने भन्दै सामाजिक सञ्जालका सेयर बजारसम्बन्धी विभिन्न समूहहरुमा ‘बुलिस ट्रेन्ड’ समात्ने चर्चा भइरहेको छ । त्यस्तो चर्चालाई पछिल्लो दिनको बजार वृद्धिले मलजल गरेको छ ।

२०७३ मा नेप्से १९८१ अंकमा पुग्दा पनि पौडेल नै अर्थमन्त्री थिए भने २०७७ देखि सेयर बजार बढ्न सुरु गर्दा २०७८ असारसम्म अर्थमन्त्रीमा पौडेल नै थिए । त्यसैले उनलाई ‘बुलिस मन्त्री’ उपमा दिएर बजार बढाउने ध्याउन्नमा स्वार्थ समूहहरु छन् ।

तर, प्रश्न बाँकी छन्, सेयर बजारले अहिले पाइरहेको वृद्धि कतिको दिगो होला त ? सेयर लगानीकर्ताले भुलेका छैनन् कि २ भदौ २०७८ मा ४४ खर्ब  ६८ अर्ब बजार पूँजीकरणसहित करिब ३२०० को नजिक पुगेर घट्न सुरु भएको नेप्से त्यसयता घटेर १८०० सम्म झरेको थियो । बजार यसरी गर्‍यो कि दैनिक दैनिक करिब २२ अर्बसम्म पुगेको बजारको कारोबार रकम ५० करोडसम्म र्झन पुग्यो ।

अहिले फेरि बजार परिसूचकसँगै कारोबार रकम मात्रै बढेको छैन, लगानीकर्ताको सम्पत्ति पनि बढेको छ । सेयर बजार बढ्दै जाँदा बजार प्रवेश गर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ ।

७ पुसम्म औसत २० देखि २५ हजार रहेको दैनिक कारोबार संख्या बढेर पछिल्लो तीन कारोबार दिनमा लगातार ७० हजार नाघेको छ । यसले पनि बजारमा प्रवेश गर्ने र फर्किने लगानीकर्ताको संख्या पनि बढ्दै गएको देखिन्छ ।

धितोपत्र बजारमा सेयर मूल्यलाई आर्थिक र गैरआर्थिक दुबै कारणले प्रभावित पर्ने धितोपत्र बजारका विज्ञ डा. गोपाल भट्ट बताउँछन् । धितोपत्र बजारमा सेयरको मूल्य बजारमा उपलब्ध सूचनाहरुले प्रभावित बन्ने उनले बताए ।

बजारमा उपलब्ध हरेक सूचनालाई सेयर मूल्यले प्रतिक्रिया जनाउनुपर्ने उनको भनाइ छ । पछिल्लो समय नेपालको आर्थिक सूचकहरुमा कुनै परिवर्तन नभएपनि अहिले गैरआर्थिक कारणहरुबाट बजार बढिरहेको उनको विश्लेषण छ ।

सैद्धान्तिक रुपमा सेयरको मूल्य माग बढ्दा बढ्ने र घट्दा घट्ने उनले बताए । ‘माग घटबढ लगानीकर्ताको अपेक्षाले हुन्छ । अहिलेका अर्थतन्त्रीप्रति लगानीकर्ताको सकारात्मक अपेक्षा हुनसक्छ, त्यसको केही लक्षण लगानीकर्ताले देखे,’ डा. भट्ट भन्छन्, ‘बजारले वर्तमान अर्थमन्त्री लगातीकर्तामैत्री र लगानीकर्ताको कुरा सुन्ने खालको छन् भन्ने बुझेको हुन सक्छ ।’

दुईपटक अर्थमन्त्री हुँदा बजार बढेको देखेका लगानीकर्ताले फेरि बजारका समस्या सामधानमा पहल हुन्छ भन्ने अपेक्षा गरेको हुनसक्ने उनले बताए । उनका अनुसार यस्ता कारणहरुले तल गइरहेको बजारमा केही सकारात्मक संकेत देखिएपछि ‘स्पेकुलेटर’ले पनि बजार प्रवेश गर्छन् र त्यसले पनि प्रभ्ाव पर्छ ।

आर्थिक सूचक भन्दा पनि अपेक्षाको आधारमा भएको सुधार देखाएर ‘स्पेकुलेटर’ बजारमा विभिन्न भ्रम फैल्याउने गरेकाले नयाँ प्रवेश गर्ने लगानीकर्तालाई जोखिम भने हुने उनले बताए । यस्ता भ्रम फैल्याएर आफू बाहिरिने खेल पनि हुनसक्ने आधारभूत पक्षको विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्ने उनको भनाइ छ । अर्थतन्त्रको आधारभूत परिसूचक सकारात्मक भएर बढेको बजार नै दिगो हुने उनले बताए ।

अनुभवी लगानीकर्ता अम्बिका पौडेल पनि बजार बढ्दो अवस्थामा रहेका बेला लगानीकर्ताले विवेक गुमाउने जोखिम हुने बताउँछन् । सेयर बजार असाध्यै प्राविधिक लगानी भएकाले राम्रो ज्ञान, विवेक र तथ्यांक तथा त्यसको विश्लेषण गर्ने क्षमता चाहिने उनले बताए ।

‘हाम्रोमा पूँजीबजारको लगानी जोसँग जति पैसा र समय छ, उसले सजिलै लगानी गर्न सक्छ । अन्य कुनै पनि क्षेत्रमा यसरी लगानी गर्न सकिंदैन,’ उनले भने, ‘पूँजीबजारमा छिट्टै आफ्नो लगानीको प्रतिफल देखिन्छ । आज किनेको आजै मूल्य बढ्यो भने यति नाफा भइसकेछ भन्ने हुन्छ । त्यही लोभले मान्छेलाई आकर्षण गर्छ । बढ्दो बजारको लोभले मान्छेलाई  ‘क्रेजी’ बनाउँछ ।’

यस्ता कारणले पूँजी बजारमा लगानी गर्ने जो कोहीले पनि अली बढी नै विवेक गुमाउने गरेको उनले बताए । पूँजीबजारमा लगानी गर्दा जहिले पनि आधारभूत पक्ष बलियो कम्पनी अथवा आज गरेको लगानी र भोलि प्राप्त हुने प्रतिफलमा के कति तादम्यता छ भनेर हेर्न र बुझन सक्नुपर्ने उनको भनाइ छ ।

‘कम्पनीको फण्डमोन्टल र त्यसको प्रतिफल विश्लेषण गर्न सक्ने हो भने सेयर बजारमा गरिएको लगानी साँच्चै उपयुक्त लगानी हुन्छ । त्यो लगानीले राम्रो प्रतिफल पनि दिन्छ,’ उनले भने ।

सेयरबजारमा सबै किसिमका लगानीकर्ता चाहिने उनले बताए । बजारमा ‘स्पेकुलेटिभ’ लगानीकर्ता पनि चाहिने भन्दै उनले बजारमा ‘इन्डेक्स’ भन्दा पनि कम्पनीको ‘फण्डामेन्टल’ विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ता घाटा खानु नपर्ने बताए ।

लहै-लहैमा बजारमा लगानी गर्नेहरु सचेत हुनुपर्ने भन्दै उनले देखिएको ‘स्विङ’को आधारमा नभई आधारभूत पक्षहरुको विश्लेषण गरेर लगानी गर्न सकिए मात्रै दिगो र राम्रो प्रतिफल पाइने पौडेलको भनाइ छ ।

‘बजार घट्दा  तुलनात्मक रुपमा  सबैमा घाटा हुन्छ । तर, फण्डामेन्टल राम्रो भएको कम्पनीमा बजारले गति समाउँदा तत्कालै घाटा रिकभर हुन्छ,’ उनले भने,’लगानी गर्नेहरुले यस्ता आधारभूत पक्षलाई केलाएनन् भने बजारको वृद्धिले दिगोपन पाउँदैन ।’

Previous Post

आयातको नगद मार्जिन पनि हटाउने अवस्थामा आइसक्यो बाह्य क्षेत्र ?

Next Post

नेपालले पठायो राहत सामग्री टर्की

Next Post

नेपालले पठायो राहत सामग्री टर्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.