सरकारले एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्ने भएको छ । साथै उक्त प्रकरणको छानबिनमा अनियमितता भएको पाइए कडा कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिजो साँझ विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा समिति बनाएर विस्तृत अध्ययन तथा छानबिन गर्ने जनाउनु भएको हो । अध्ययन र छानबिनबाट कुनै अनियमितता भएको पाइए सरकारले सम्बन्धित सबैलाई कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने पनि सरकारले जनाएको छ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन सरकार प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । त्यसअघि सत्ता गठबन्धनका शिर्ष नेताहरुको छलफल भएको थियो । छलफलले एनसेल खरिद-बिक्री प्रकरण शंकास्पद देखिएको भन्दै सरकारले छानबिन गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।

