Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्य

काँग्रेससँग बीपी, एमालेसँग मदन, माओवादीसँग माओ तपाईसँग को ?

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in अन्य, मुख्य समाचार, विचार-ब्लग
0
काँग्रेससँग बीपी, एमालेसँग मदन, माओवादीसँग माओ तपाईसँग को ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

–सुरेशकुमार यादव
काँग्रेसँग बीपी हुनुहुन्छ, एमालेसँग मदन भण्डारी हुनुहुन्छ, माओवादीसँग माओत्सुङ हुनुहुन्छ तर मधेशवादी दलसँग को हुनुहुन्छ ? काँग्रेस बीपीको बिचारमा चल्छ भने एमाले मदन भण्डारी र माओवादी माओको बिचारमा चल्छ तर मधेशवादी दलहरु कसको बिचारमा चल्छन् ? हरेक पार्टी कार्यालयमा उसको विचारकको सालिक र फोटो झुण्ड्याइएका हुन्छन् । नेताहरु उसको सम्मान तथा आदरमा कार्यालय गएपछि शिर झुकाउनु हुन्छ । तर मधेशवादी दलहरुले कसैलाई आदर्श मान्ने भनि पात्र चयन गरेका छैनन् ।

मधेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, अशोक राइ नेतृत्वको जनता समाजवाद पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, बृषेशचन्द्र लालको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टीलगायत कति छन् कति । तर कुनै पनि पार्टीका कोही पनि विचारको प्रतिपादक वा आदर्श पात्र छैनन् । मधेशमा विचार निर्माण गर्ने, आदर्श नमान्ने नेता हुनुहुन्न भने होइन तर त्यसलाई मान्ने न कुनै पार्टी तयार भए न कुनै नेता तयार हुनुभयो ।

बाबा रामजनम तिवारी, रघुनाथ ठाकुर, श्यामलाल मिश्र, कुलानन्द झा, गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंह, आर.डी.आजादलगायतका नेताहरु पनि मधेशमा जन्मिनु भयो । नेपालको राजनीतिमा उहाँहरुले मधेशलाई चिनाउने र मधेशलाई स्थापित गर्ने काम गर्नुभयो । मधेशमा एउटा विचार निर्माण गर्ने काम गर्नुभयो । मधेशका लागि आदर्श पात्र बन्नुभयो । उहाँहरुले स्थापित गर्नुभएको विचार र मुद्दामा नै अहिलेका सम्पूर्ण मधेशवादी दलहरु हिडिरहेका छन् । तर ती दल र दलका नेताहरुले उहाँहरुलाई मान्न तयार हुनुहुन्न ।

बाबा राम जनम तिवारीले जीवनको अनेक क्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्नुभएको छ । उहाँको विचारलाई तिवारी विचारधारा भनिन्छ । उहाँको तीन वटा प्रमुख स्तम्भ सत्य, अहिंसा तथा धर्म हो । उहाँ नैतिकताका ठूलो पुजारी हुनुहुन्थ्यो । उहाँले समावेशी समानुपातिक राज्य प्रणालीको रुपरेखा त्यतिबेला नै तयार गर्नुभएको थियो । उहाँले त्यसका लागि अवाज पनि उठाउनु भएको थियो । अहिलेका मधेशवादी दलले उठाएको समग्र मधेश एक प्रदेशको कुरा उहाँले त्यतिबेला नै उठाउनु भएको थियो ।

उहाँ राज्य शक्तिलाई बिकेन्द्रीकरण गर्ने पक्षमा हुनुहुन्थ्यो र उहाँले त्यतिबेला जोडतोडले कुरा उठाउनु भएको थियो । तिवारीको विचारमा राजनीतिक स्वतन्त्रता सामाजिक पुनर्निर्माणको पहिलो कदम हो । तराई स्वराजको अभिप्रायः सर्वोदय समाज स्थापना गर्नु हो । जसमा सबैको कल्याण होस् ।

उहाँ आफ्नो राजनीतिक जीवनमा पदको लोभ कहिले गर्नुभएन । उहाँलाई काँग्रेस तथा राजदरबारबाट पनि विभिन्न प्रलोभन दिएको थियो । तर उहाँले कहिले स्विकार गर्नुभएन । आफ्नो राजनीतिक विचार तथा प्रतिष्ठालाई सधै कायम राख्नुभयो । उहाँलाई नजिकबाट चिन्नेहरु भन्नुहुन्छ, ‘रामजनम तिवारीलाई एउटा दृढ विश्वास थियो कि धर्मलाई राजनीतिबाट अलग गर्न सकिँदैन । धर्मबिना राजनीति मृत्युपास जस्तै हो ।’

वि.सं. १९८६ मा जन्मनु भएका सप्तरीका स्व.गजेन्द्रनारायण सिंहले नेपालमा विशेषगरी मधेशी, पहाडका जनजाति अधिकार, पहिचान र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने मात्र नभई यिनै आधारमा प्रजातान्त्र पुनस्र्थापना पश्चात एक दशक सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व गर्नुभयो । पूर्वदेखि पश्चिमसम्म २२ जिल्लाको एउटै मधेश हुनुपर्छ भनि अवाज उठाउने व्यक्ति पनि गजेन्द्रनारायण सिंह हुनुहुन्छ । मधेशलाई उसको भाषा र पोशाकबाट चिनाउने काम पनि उहाँले सरकार, सदन, सडकबाट गर्नुभएको छ ।

१९९१ असार २७ गते बिराटनगरमा जन्मनु भएका रघुनाथ ठाकुर मधेशी समुदायमाथि राज्यबाट हुने राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक अधिकारको शोषणको बिरोधमा हुनुहुन्थ्यो । मधेश र मधेशी समुदायमाथि आन्तरिक उपनिवेश लादिएको छ भनि उहाँको बुझाई थियो । उहाँले मधेशका लागि आत्मनिर्णयको अधिकारको वकालत गर्नुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, ‘मधेशको आफ्नो छुट्टै संस्कृति छ, मधेश एक छुट्टै राष्ट्र हो ।’ मधेशमा मधेशीको शासन स्थापना गर्ने लक्ष्य लिएर उहाँले २०१३ सालमा मधेस जनक्रान्ति दल गठन गर्नुभएको थियो । मधेश नाम धारण गरेको त्यो नेपालको पहिलो राजनीतिक दल थियो । देशमै पहिलोपटक भएको आम निर्वाचन २०१५ लाई उहाँले बहिष्कार गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘मधेशको हितमा यो चुनाव होइन ।’

वि.सं. १९९१ मा जन्मिनु भएका सप्तरीका रामराजा प्रसाद सिंहलाई गणतन्त्रवादी नेता भनिन्छ । उहाँ मधेशभन्दा पनि देशका लागि कुरा गर्नुहुन्थ्यो । उहाँ मधेशका मात्र होइन देशकै आदर्श पात्र हुनुहुन्छ । देश संघीय गणतन्त्र हुनुपर्छ भनि सबभन्दा पहिले कुरा उठाउने व्यक्ति रामराजा प्रसाद सिंह नै हुनुहुन्छ । गणतन्त्रकै लागि राजा महेन्द्रमाथि बम प्रहार गर्नुभएका रामराजाप्रसाद सिंहलाई मधेशमा मात्र होइन देशमै आदर्शको रुपमा मानिन्छ ।

कांग्रेसले शान्तिपूर्ण सत्याग्रह चलाईरहेका बेलामा २०४२ असार ६ गते नारायणहिटी राजदरबार दक्षिणढोका, राष्ट्रिय पञ्चायत भवनलगायत राजधानीका विभिन्न स्थानमा बम विष्फोट गराउनु भएको थियो । सोही आरोपमा उहाँ जेल पर्नुभएको थियो । २०४६ को जनआन्दोलनपछि सरकारले सिंह लगायत बमकाण्डका सबै अभियुक्तलाई आममाफी दिने निर्णय ग¥यो । सिंहले पुनः २०५१ माको मध्यावधि चुनावमा नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित हुुनुभयो ।

२०६३ सालमा सिंहले तत्कालीन माओवादीको मधेसी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उहाँलाई माओवादी निकट मानिन्थ्यो । जनवादी मोर्चा र माओवादी बिच एकता भए पनि उहाँ माओवादीमा जानुभएन । सो पार्टीबाट गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिको उम्मेदवार बन्नुभएको थियो । तर मधेशी दल खासगरि उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले साथ नदिएपछि उहाँ पराजित हुनुभएको थियो । त्यसपछि उहाँ निराश हुनुभएको थियो । विरामी हुन थाल्नुभयो र २०६९ भदौमा उहाँको निधन भयो ।

मधेशसँग यस्ता आदर्श पात्रहरु हुनुहुन्छ जो मधेशलाई चिनाउने काम गर्नुभयो । मधेशीलाई आफ्नो अधिकार र पहिचानका लागि लड्न सिकाउनुभयो । मधेशको अधिकार के हो, उसको पहिचान के हो त्यसको बारेमा जानकारी गराउनुभयो । मधेश आज जे अवस्थामा छ त्यो उहाँहरुको नै देन हो । विगतमा यी नेताहरुले जे जे कुरा उठाउनु भएको थियो, जुन मुद्दा र एजेण्डा उठाएर मधेशलाई स्थापित गर्नुभयो, त्यही एजेण्डा र मुद्दालाई लिएर अहिलेका मधेशवादी दलहरु राजनीति गरिरहेका छन् । मधेशवादी दलहरुले उहाँहरुको मुद्दा र एजेण्डा बोके पनि उहाँहरुको विचार र सिद्धान्तलाई अँगाल्न चाहेका छैनन् । आफ्नो नेताको रुपमा स्विकार गरेका छैनन् ।

(लेखक सुरेशकुमार यादव गोरखापत्रका सहसम्पादक हुनुहुन्छ)

Previous Post

विवाह उमेर घटाउने प्रस्तावको विरोधमा ज्ञापनपत्र बुझाइयो

Next Post

कौड़ेना गाउँपालिकामा “एचपीभी खोप अभियान २०८१” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post
कौड़ेना गाउँपालिकामा “एचपीभी खोप अभियान २०८१” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कौड़ेना गाउँपालिकामा “एचपीभी खोप अभियान २०८१” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.