Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

चक्रघटा गाउँपालिकाको १३ औ गाउँसभा सम्पन्न ।

swarmikhabar by swarmikhabar
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
चक्रघटा गाउँपालिकाको १३ औ गाउँसभा सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चक्रघटा गाउँपालिकाको १३ औ गाउँसभा सम्पन्न भएको छ । चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षतामा शुरु भएको बैठकबाट आर्थिक बर्ष २०८०÷०८१ को संशोधित आय ब्यय अनुमान तथा कार्यक्रम पारित भएको छ ।
कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । शुभकामना मन्तव्य राख्ने क्रममा चक्रघटा गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्यमा भने जस्तो सुधार हुन नसकेको वडा नं. १ का वडा अध्यक्ष सुरेश यादवले आरोप लगाउनुभयो । सोही कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा समयमै सुधार नगरी अटेर गरीरहे भोलिका दिनमा बिरोध हुन सक्ने तर्फ वडा नं.२ का वडा अध्यक्ष बिनोद यादवले सचेत गराउनुभयो । गाउँसभाको सफलताको शुभकामना दिदै वडा नं. ३ का वडा अध्यक्ष दिनेश साहले स्थानिय सरकार सञ्चालन गर्न बजेट अपुग रहेको टिप्पणी गर्नुभयो । उहाँले जनताको अपेक्षा धेरै रहको भए पनि कार्यबिधि ऐन र नियमावलि कारण धेरै अपेक्षा पूरा गर्न असमर्थ रहेको जिकिर गर्नुभयो । वडा अध्यक्ष साहले पटक पटक लखन्देहि नदिको नियन्त्रणका लागि आवाज उठाउदा समेत सुनुवाई नभएको गुनासो गर्दै नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह समेत गर्नु भयो ।

त्यस्तै गरी शुभकामना मन्तव्य राख्दै वडा नं. ४ का वडा अध्यक्ष फैयाज अहमद ले हाल आर्थिक मन्दिका कारण आम जनताले चाहे जस्तो आम्दानी गर्न नसकेका कारण समयमा बिधुत महसुल तिर्न नसकेको तर्फ ध्यानाकर्षण गराउदै पालिकाबाटै सो महसुल एकमुष्टै तिरि दिन आग्रह समेत गर्नुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष नागेन्द्र प्रसाद साहले किसानहरूका लागि शिध्र कृषि मिटर जडान गराउन पहल गर्न सुझाउदै सोको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।


वडा नं.६ का वडा अध्यक्ष राजेश यादवले हाल शिक्षाको अवस्था पालिका भरी नै कमजोर रहेकाले र शिक्षकहरू पनि गुणस्तरीय नरहेकोले शिक्षाको यस्तो अवस्था भएको आरोप लगाउदै योग्य शिक्षक भर्नाका प्रक्रिया अबिलम्ब थालनि गर्न सुझाव दिनुभयो । उहाँले सिचाँईका कारण किसानले समयमा आफना खेति गर्न सकिरहेको छैन तसर्थ अबिलम्ब किसानका लागि सिचाँईको ब्यवस्था गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष यादव खेलकुदमा पालिका पछाडि परेको आरोप लगाउदै तत्काल खेलकुद मैदान तथा खेलकुद कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै युवाहरूकोलागि शिर्जनात्मक कार्य गर्न समेत सुझाउनु भयो ।
वडा नं. ७ का वडा अध्यक्ष नवीन यादवले मुलुकै धरोधर रहेका क्रिकेट खेलाडी गुलसन झालाई सम्मान गरि बिकास एम्बेसडर बनाउन सुझाउन भयो ।
वडा नं. ८ का वडा अध्यक्ष राम कैलास राउतले आम जनतालाई स्वस्थ रहन शुद्ध पानिको आवश्यक पर्दछ तसर्थ पालिका स्तरिय खानेपानि योजना सञ्चालन गर्न आग्रह गर्दै पालिका भित्र भैरहेको भ्रष्टाचार तत्काल न्युनिकरण गर्न आग्रह गर्नु भयो । पालिका भित्र बढिरहेको लागुऔषध सेवनलाई तत्काल रोक्न सकिएन भने पालिका नै अपराधीकरण हुने तर्फ सचेत रहन सुझाउनुभयो ।


वडा अध्यक्षहरुले उठाएका प्रश्नको जवाफ दिदै चक्रघटा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले गत शैक्षिक बर्ष देखि नै केहि बिद्यालयमा अग्रेजि माध्यममा पढाइ सञ्चालन भइसकेको बताउदै शिक्षकहरू शिक्षक सेवा आयोग उतिर्ण गरि आएकाले शिक्षक योग्यतामा र गुणस्तरका सवालमा आश्वत रहन बताउनु भयो । उहाँले हाल पालिकाले +२ सम्मकै शिक्षा निशुल्क रहेको जानकारी दिनु भयो । अध्यक्ष यादवले हरेक वडामा नै खेलकुदकालागि बजेट बिनियोजन भईसकेकोले सोही अनुसार वडाहरूले खेलकुद गराउन सहजिकरण गर्न आग्रह समेत गर्नुभयो । यादवले किसानहरूकालागि बिधुतियकरणमा समेत बजेट बिनियोजन भई यसै बर्ष देखि नै सञ्चालन गरीने बताउदै गत बर्ष ७६ वटा किसानका लागि सिचाँई बोडिगं जडान गरिएको जानकारी गराउनुभयो । उहाँले आफनै कार्यकालमा पालिका भित्रका कुनै पनि खेति योग्य जग्गा सिचाईबाट बंचित नरहने प्रतिबद्धता ब्यक्त गर्दै कृषि मिटर जडान गरेका हरेक किसानका बिजुली महशुल पालिका बाटै भुक्तान गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । हाल चक्रघटा बासिकालागि निशुल्क एम्बुलेन्स सञ्चालन रहेको जानकारी गराउदै हरेक वडामै यसै बर्ष खानेपानि कार्यक्रम सञ्चालन गरिने भन्दै प्रदेश सरकारबाट पनि प्रयाप्त बिकास बजेट समेत आएको जानकारी गराउदै आउने आर्थिक बर्षमा देखिने गरि नै विकास हुने जनाउनुभयो ।

Previous Post

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

Next Post

प्रथम लालबन्दी महोत्सव शुरु ।

Next Post
प्रथम लालबन्दी महोत्सव शुरु ।

प्रथम लालबन्दी महोत्सव शुरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.