Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

जाजरकोटका ४ वटा सामुदायिक रेडियोबीच प्रसारणमा साझेदारी

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
जाजरकोटका ४ वटा सामुदायिक रेडियोबीच प्रसारणमा साझेदारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


जाजरकोटका सामुदायिक रेडियोहरूले भूकम्प प्रभावित नागरिकमा सही सूचना र जानकारी पुर्‍याउन प्रसारणमा साझेदारी गरेका छन् । रेडियो खलङ्गा, हाम्रो पाइला एफएम, रेडियो जाजरकोट र पृथ्वी एफमले आंशिक रूपमा साझेदारी गरेका हुन् । टेन्टमुनिबाट संयुक्त रूपमा प्रसारण गर्नेदेखि हरेक दिन बिहान भूकम्पपछिको नागरिकको आवश्यकता, अपनाउनुपर्ने सावधानीका बारेमा आधा घण्टाको कार्यक्रम संयुक्त उत्पादन थालिएको रेडियो हाम्रो पाइलाका प्रबन्धन निर्देशक तथा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका केन्द्रीय सदस्य बालकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार हरेक दिन बिहान सवा ९ बजेदेखि न्यूनतम आधा घण्टासम्म संयुक्त रूपमा उत्पादन गरिएको कार्यक्रम प्रसारण गर्न थालिएको छ । कार्यक्रममा भूकम्प प्रभावितलाई राहत, अस्थायी आवास निर्माण, टेन्ट र त्रिपालमुनि बस्दाका समस्या तथा अपनाउनुपर्ने सावधानी, स्थानीय सरकारबाट भूकम्प प्रभावितको अपेक्षा, अस्थायी आवास निर्माणमा तीनै तहका सरकारको भूमिकालगायतका बारेमा अन्तर्वार्ता, रिपोर्टलगायतका सामग्री प्रसारण गर्न थालिएको रेडियो खलङ्गाका स्टेशन म्यानेजर सरोज ओलीको भनाइ छ । सामुदायिक रेडियो प्रशारक सङ्घ/सामुदायिक सूचना नेटवर्क (सीआईएन) का प्रतिनिधिको उपस्थितिमा भएको छलफलपछि जाजरकोटका सामुदायिक रेडियोबीचमा आंशिक प्रसारण साझेदारीको सहमति बनेको हो । सहमति अनुसार आइतवार रेडियो खलङ्गाले कार्यक्रम तयार पार्छ भने सोमवार रेडियो जाजरकोट, मङ्गलवार रेडियो हाम्रो पाइला, बुधवार रेडियो पृथ्वी एफमले कार्यक्रम उत्पादन गर्दै आएको छ । सवै रेडियोको इमेलमा कार्यक्रम पठाएर उत्पादन टिमको फेसवुक ग्रुपमा कार्यक्रम पाएनपाएको बारेमा छलफल पनि हुने गरेको छ । यसरी कार्यक्रम सञ्चालन गर्दा थोरै जनशक्तिले पनि राम्रो कार्यक्रम गर्न सकिने रेडियो जाजरकोटका प्रवन्धक नवराज शाहीले बताउनुभयो । रेडियो जाजरकोट र रेडियो खलङ्गा हाल एउटै टेन्टमुनिबाट प्रसारण भइरहेका छन् ।

Previous Post

सुनको भाउमा नयाँ रेकर्ड तोलाको १ लाख २१ हजार नाघ्यो

Next Post

सञ्चारक्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको : कानून मन्त्री मोहम्मद

Next Post
सञ्चारक्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको :  कानून मन्त्री मोहम्मद

सञ्चारक्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवम् परिमार्जन आवश्यक रहेको : कानून मन्त्री मोहम्मद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.