Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

टिकटक बन्द गर्ने सरकारको निणर्यको चौतर्फि विरोध

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
नेपालमा पनि टिकटक बन्द गर्ने सरकारको निणर्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति मिश्रीत प्रतिकृया आएका छन् । धेरैजसो राजनीतिक दलका नेताहरुले सरकारको निणर्यको विरोध गरेका छन् । टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले निणर्यप्रति आपत्ति जनाउनुभएको छ । उहाँहरुले सामाजिक सञ्जालमा नियमन गर्नुपर्ने सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनुभएको छ । सरकार उल्टो बाटो हिँडेको उहाँहरुको भनाइ छ । यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि राखिएका सामग्रीको नियमन गर्नुपर्नेमा माध्यम नै बन्द गर्ने निणर्य सही नभएको बताउनुभएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले पनि सरकारको निणर्य गलत भएको बताउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि सरकारको निणर्य गलत भएको बताउनुभएको छ । गलत सामग्री आए भनेर टिकटकलाई बन्द गर्नु भनेको उहाँले भ्रष्टाचारी नेता भएका दललाई विगठन गर्नुजस्तै भएको बताउनुभएको छ । यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, मानवअधिकार र अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभएको छ । यस्तै अभिब्यक्ति स्वतन्त्रताका पक्षधरहरुले पनि सामाजिक सञ्जालको नियमन गर्नुपर्नेमा बन्द नै गराउनु मानिसको बोल्न पाउने अधिकारको विरुद्ध भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालयमा पत्रकारिता विषयका प्राध्यापक तथा अध्येता डाक्टर सुधांशु दाहालले सरकारले टिकटक बन्द गर्ने निणर्य गरेसँगै व्यक्तिको बोल्न पाउने हकको हनन् भएको सीआईएनसँग बताउनुभएको छ । कतिपयले भने टिकटकमा आपत्तिजनक अभिब्यक्ति र भिडियो आउने गरेको र यसले मानिसलाई विगारेको भन्दै टिकटकमा प्रतिवन्ध लगाउनु जायज भएको बताएका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया भारतलगायतका धेरै देशमा टिकटकमा प्रतिवन्ध लगाइएको भन्दै नेपालमा पनि बन्देज गरिनु सामान्य भएको उनीहरुको भनाइ छ । सामाजिक सञ्जाल नियमन कि नियन्त्रण भन्ने विषय पटक पटक उठ्ने गरेको छ । सूचना प्रविधीको क्षेत्रका अध्येता पूर्व प्रहरी नायव महानिरीक्षक डाक्टर राजिब सुब्बाले सामाजिक सञ्जालको नियमन गर्न जरुरी रहेको तर सरकारले नियन्त्रण गर्ने बाटो अपनाउनु गलत भएको सीआईएनसँग बताउनुभयो ।

Previous Post

आजबाट नेपाल सम्बतको नयाँ बर्ष अर्थात ११४४ सुरू

Next Post

टिकटक बन्द गर्ने निणर्य फिर्ता लिन सरोकारावालाहरूको माग

Next Post
टिकटक बन्द गर्ने निणर्य फिर्ता लिन सरोकारावालाहरूको माग

टिकटक बन्द गर्ने निणर्य फिर्ता लिन सरोकारावालाहरूको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.