Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अर्थ

पहिलाे पटक अर्थमन्त्री मा. संजय कुमार यादवद्वारा मधेश प्रदेशकाे आर्थिक सर्वेक्षण प्रस्तुत

Sp Yadav by Sp Yadav
३ वर्ष अगाडि
in अर्थ, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
पहिलाे पटक अर्थमन्त्री मा. संजय कुमार यादवद्वारा मधेश प्रदेशकाे  आर्थिक सर्वेक्षण प्रस्तुत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश सभामा अर्थ मन्त्री मा. संजय कुमार यादवद्वारा मधेश प्रदेश सरकारले पहिलो पटक चालु आ.व. (२०७९/८०) को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएकाे छ ।


आर्थिक सर्वेक्षणकाे पुर्ण पाठ


माननीय सभामुख महोदय,

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात दोस्रो कार्यकालका लागि निर्वाचित यस गरिमामय प्रदेश सभामा मधेश प्रदेश सरकारको पहिलो आर्थिक सर्वेक्षण पेश गरेको छु । यसमा समग्र प्रदेशको आर्थिक सामाजिक अवस्थाको वास्तविक चित्रण गरिएको छ। मधेश प्रदेश सरकारले पहिलो पटक चालु आ.व. (२०७९/८०) को आर्थिक सर्वेक्षण प्रस्तुत गर्न यस गरिमामय प्रदेश सभामा अवसर दिनु भएकोमा आभार प्रकट गर्दछु । यो प्रयासले अब उप्रान्त मधेश प्रदेशले बजेट पेश गर्नु अगावै आर्थिक सर्वेक्षण सार्वजनिक गरी प्रदेशको समग्र आर्थिक र सामाजिक अवस्थाको वास्तविक विवरण जनता समक्ष पारदर्शी तरिकाले प्रस्तुत गर्ने आशा लिएको छु।

यस सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक स्थिति, सार्वजनिक वित्तको अवस्था, कृषि, वन, गरिबी निवारण, श्रम, रोजगार, उर्जा, सिँचाई, सञ्चार, उद्योग, वाणिज्य, जनसंख्या, शिक्षा, स्वास्थ्य, सुशासन लगायतका क्षेत्रगत विकासको अवस्था, आर्थिक-सामाजिक सूचक एवं परिसूचकको तथ्यांकलाई विश्लेषण गर्ने प्रयास गरिएको छ।

माननीय सभामुख महोदय,

मधेश प्रदेशको यो पहिलो प्रयास भएकोले उपलव्ध भएसम्मका विगत वर्षका तथ्यांकहरु, श्रोत साधन र जनशक्तिबाट गरिएको छ । आगामी आर्थिक वर्षदेखि यसलाई थप उपयोगी बनाउने कार्यमा सबै माननीय प्रदेश सभाका सदस्य ज्यूहरु समक्ष सुझावको अपेक्षा गरेको छु ।

अर्थमन्त्री मा. संजय कुमार यादवद्वारा मधेश प्रदेशकाे आर्थिक सर्वेक्षण प्रस्तुत गर्नु हुदै ।

अन्त्यमा, मधेश प्रदेशको समग्र आर्थिक र सामाजिक स्थितिका सम्बन्धमा जानकारी राख्न चाहने सबै सरोकारवालालाई यो प्रकाशन उपयोगी हुने विश्वास लिएको छु ।

माननीय सभामुख महोदय,

अब म संक्षिप्तमा आर्थिक सर्वेक्षण २०७९/८० का केहि सारांश प्रस्तुत गर्ने अनुमति चाहन्छु:

कोभिड-१९ महामारीबाट प्रभावित विश्व अर्थतन्त्र क्रमिक रूपले सुधारोन्मूख हुँदै गए पनि, रूस–युक्रेन युद्धले बस्तुको मूल्यमा तीव्र वृद्धि भई विश्व मुद्रास्फीतिमा परेको दबाबले अर्थतन्त्र संकुचनमा परेको छ। यसको प्रभाव मधेश प्रदेशमा परेको देखिन्छ छ। खास गरी, मधेश प्रदेशको उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र, थोक-खुद्रा व्यापार तथा गाडी मोटरसाइकल सेवा क्षेत्र, यातायात र भण्डारण क्षेत्रमा वृद्धि दर यस चालु आ.व. २०७९/२०८० मा ऋणात्मक रहने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ। यद्यपि, गत आ.व. २०७८/२०७९ मा कृषि, वन, मत्स्यपालन क्षेत्रमा मात्र १.३४ प्रतिशत वृद्धि दर भएता पनि चालु आ.व. (२०७९ /८०) मा सुधार भई ३.३२ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ।

समग्रमा देशको आर्थिक वृद्धि दर (आधारभूत मूल्यमा) चालु आ.व. (२०७९/२०८०) मा मात्र २.१६ रहने अनुमान गरिएको छ भने, मधेश प्रदेशको आर्थिक वृद्धि दर मात्र १.९० प्रतिशत मात्र रहने अनुमान गरिएको छ। सोही अवधिमा समग्र देशको आर्थिक वृद्धि दर खरिदकर्ताको मूल्यमा १.८६ प्रतिशत रहने अनुमान छ भने, मधेश प्रदेशको १.६९ प्रतिशत रहनेछ।

नेपालको प्रति व्यक्ति आय , आर्थिक सर्वेक्षणले चालु आ.व. (२०७९/२०८०) मा १,३९९ अमेरिकी डलर रहने अनुमान गरिएको छ भने, केन्द्रीय तथ्यांक विभागका अनुसार चालु आ.व.मा मधेश प्रदेशको प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन ८७५ डलर हुने अनुमान छ । मधेश प्रदेशको प्रति व्यक्ति आय सातै वटा प्रदेशको तुलनामा सबैभन्दा कम रहेको छ।

यस आ.व.मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव रु.७ खर्व ७ अर्ब हुने अनुमान छ भने, गत आ.व.को संशोधित अनुमान करिव रु. ६ खर्व ५० अर्ब रहेको छ । गत आ.व. (२०७८/२०७९) राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको मधेश प्रदेशले यस आ.व. (२०७९/२०८०) मा समेत १३.१ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ ।

मधेश प्रदेशको कुल विनियोजित बजेट आ.व. २०७९/२०८० मा चालु खर्चतर्फ करिब २० अर्ब ९३ करोड भएकोमा सोही अवधिमा पुँजीगततर्फ करिब २५ अर्ब ९८ करोड गरी जम्मा ४६ अर्ब ९१ करोड रहेको थियो ।

मधेश प्रदेशको आ.व. २०७९/२०८० को विनियोजित बजेटको चैत मसान्त सम्मको चालु खर्च ४ अर्ब ३६ करोड र पुँजीगततर्फ ५ अर्ब ६८ करोड गरी जम्मा करिब १० अर्ब ५ करोड भएको देखिन्छ । चालु आ.व २०७९/२०८० को चैत मसान्तसम्म कुल विनियोजित बजेटको जम्मा २१.४२ प्रतिशत खर्च भएको देखिन्छ।

चालु आ.व. २०७९/२०८० (१७ जेठ २०८० सम्म) मा मधेश प्रदेशको कुल राजस्व योगदान करिब २२ अर्ब ४२ करोड रहेको देखिन्छ।

आ.व. २०७५/७६ को तुलनामा चालू आ.व. (२०७९/८०) मा मधेश प्रदेशमा समग्रमा बैँक तथा वित्तीय संस्थाहरूमा (क, ख, ग र घ वर्गको) ४७.८ प्रतिशतले वृद्धि भएको देखिन्छ।

मधेश प्रदेशमा एटिएम संख्यामा आ.व. २०७६/७७ को तुलनामा २०७९/८० (चैत्र मसान्तसम्म) १७ प्रतिशतले वृद्धि भएको देखिन्छ। डेबिट कार्डतर्फ सोही अवधिमा ६४ प्रतिशतको वृद्धि भएको देखिन्छ। त्यस्तै, क्रेडिट कार्डको संख्यामा सोही अवधिमा झन्डै १२६ प्रतिशतको वृद्धि देखिएको छ।

मधेस प्रदेशमा सबै वित्तिय संस्थाको निक्षेप संख्या २०७६/७७ देखि २०७९/८० सम्ममा करिब ६८ प्रतिशतले बढेको छ। आ.व. २०७६/७७ मा ५,०३१ जनालाई सेवा दिदै आएकोमा बैंक तथा वित्तीय समावेशीतालाई थप विस्तार गरी २०७९/८० (फाल्गुन मसान्तसम्म) मा ३,५११ जनामा औसत प्रति बैंकले सेवा दिदै आएको छ।

मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलनमा आ.व. २०७६/७७ को तुलनामा २०७९/८० (फाल्गुन मसान्तसम्म) को वृद्धि ३८.१ प्रतिशत देखिन्छ। साथै, मधेस प्रदेशमा कर्जा प्रवाहमा आ.व. २०७६/७७ को तुलनामा २०७९/८० मा ५९ प्रतिशत वृद्धि देखिन्छ ।

मधेस प्रदेशका लघुवित्त संस्थाहरूबाट आ.व. २०७८/७९ मा कुल लगानीको करिब ४८ प्रतिशत कृषि क्षेत्रमा लगानी भएको छ भने, साना तथा घरेलु उद्योगमा १२ प्रतिशत देखिन्छ । त्यस्तै, सोही अवधिमा सेवा क्षेत्रमा लघुवित्त संस्थाहरूबाट ३९ प्रतिशत लगानी देखिन्छ भने अन्य क्षेत्रमा १ प्रतिशत लगानी गरेको देखिन्छ ।

मधेस प्रदेशले नेपालको कुल क्षेत्रफलमध्ये ६.६ प्रतिशत (९,६६१ वर्ग कि.मि.) ओगटेको छ ।आ.व. २०७६/७७ मा नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेश प्रदेशमा रहेको छ । यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिंचित जमिन (२८.६८%) रहेको देखिन्छ । देशको कुल क्षेत्रफलको तुलनामा यो प्रदेशमा खेती नभएको जमिन १२.२६ प्रतिशत छ।

समग्र नेपालको गरिबीको सूचकांक हेर्ने हो भने नेपालका १७.४ प्रतिशत (४९,८०,००० जना) व्यक्ति गरिबीको रेखामुनि रहेका छन् । नेपालमा सबैभन्दा बढी गरिबहरू (झन्डै १२.९६ लाख) मधेश प्रदेशमा बसोबास छन् । जनसंख्याको प्रतिशतका हिसाबले मधेश प्रदेशको २४.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । गरिबीको तीव्रता (अर्थात गरिबीको रेखाबाट कति टाढा छ भनेर हेर्ने मापन) सबैभन्दा बढी मधेश प्रदेशमै (४३.३%) छ । बहुआयामिक गरिबीको सूचकांकका सबै पक्षहरूमा मधेश प्रदेश समग्र राष्ट्रिय अवस्था भन्दा चिन्ताजनक नै रहेको छ।

नेपालका सबैभन्दा धेरै श्रम स्वीकृति लिने १० जिल्लामध्ये सन् २०१९/२० मा मधेश प्रदेशका ६ जिल्ला, सन् २०२०/२१ मा ५ जिल्ला, र सन् २०२१/२२ मा ६ जिल्ला छन् । पछिल्लो तीन वर्षको अवधिमा धनुषा जिल्लाबाट सबैभन्दा बढी श्रम स्वीकृति लिइएको छ ।

मधेश प्रदेशमा १९ लाख ८७ हजार श्रमिकमध्ये लगभग ५०% अशिक्षित छन् । मधेश प्रदेशको बेरोजगारी दर झन्डै २०.१% छ । यो सबै उमेर समूहमा लागू हुन्छ । सात प्रदेशमध्ये मधेशमा १५-२४ वर्ष उमेर समूहमा ३३.१% बेरोजगार छन् । त्यस्तै, २५-३९ वर्षमा १८.९% बेरोजगार छन्, ४०-५९ वर्षमा १४.९% बेरोजगार छन् र ६० वर्षभन्दा माथिका ११.२% बेरोजगार छन् ।

विद्युत वितरणका आधारमा हालै मधेश प्रदेशका सबै परिवारमा राष्ट्रिय प्रसारण ग्रिडबाट विद्युत उपलब्ध छ, जुन प्रदेशहरूमध्ये सबभन्दा बढी हो । पेट्रोलियम पदार्थको भण्डारण क्षमताको हिसाबले प्रदेशगत रूपमा मधेश प्रदेशमा नै सबभन्दा बढी भण्डारण (३५.४१ प्रतिशत) भएको देखिन्छ ।

जनकपुर, सिमरा, र राजविराज विमानस्थलमध्ये उडान संख्या सिमरा विमानस्थलमा सबभन्दा बढी र राजविराज विमानस्थल सबभन्दा कम रहेको देखिन्छ । सन् २०१५ देखि २०१९ सम्मको तथ्यांक हेर्दा सिमरामा सन् २०१८ मा सबभन्दा बढी उडान (९,५००) भरी १,०७,१५४ जना यात्रुलाई सेवा दिएको र १,३१,४०३ किलोग्राम कार्गो ढुवानी गरेको देखिन्छ ।

मधेश प्रदेशमा शौचालयको सुविधा नभएको घरपरिवारको संख्या पनि सर्वाधिक (१,३९,२१० घरपरिवार) छ।

मधेश प्रदेशमा ७,२७९ वटा उत्पादन प्रतिष्ठान रहेका छन्। यी प्रतिष्ठानमा ८० हजार ७७३ जना व्यक्तिहरू संलग्न छन्, र प्रतिष्ठानमा ६८ हजार ४८८ जना कर्मचारी छन्। मधेश प्रदेशमा रहेका उत्पादन प्रतिष्ठानहरू (७,२७९) मध्ये मात्र ६% सामाजिक सुरक्षामा आबद्ध छन्।

देशको कुल जनसंख्यामध्ये मधेश प्रदेशको जनसंख्या करिब २१ प्रतिशत रहेको छ । मधेश प्रदेशको जनघनत्व सातवटै प्रदेशभन्दा धेरै (६३३ प्रति वर्ग कि.मि.) छ । देशको कुल घरधुरी ६६ लाख ६६ हजार ९३७ मध्ये मधेश प्रदेश प्रदेशमा ११ लाख ५६ हजार ७१५ वटा रहेका छन् । प्रदेशको कुल ६१ लाख १४ हजार ६०० जनसंख्यामध्ये ३० लाख ६५ हजार ७५१ पुरुष र ३० लाख ४८ हजार ८४९ महिला छन् । मधेश प्रदेशको औसत घरपरिवारको आकार ५.२९ रहेका छन् ।

मधेश प्रदेशमा कुल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान आर्थिक वर्ष २०७९/८० मा १०.३ प्रतिशत रहयो । सातवटै प्रदेशमध्ये मधेश प्रदेशको साक्षरता अवस्था सबैभन्दा न्यून छ । यहाँ ६३.५३ प्रतिशत (करिब ६४%) जनसंख्या साक्षर छन् । महिलाको साक्षरता अवस्था पुरुषको तुलनामा निकै कम छ । साक्षरमध्ये ७२.४५ (करिब ७२%) प्रतिशत पुरुष र ५४.७० (करिब ५५%) प्रतिशत मात्रै महिला छन् । मधेश प्रदेशमा सबैभन्दा बढी साक्षरता भएको जिल्ला पर्सा र सबैभन्दा कम साक्षरता भएको जिल्ला रौतहट (५७.७५%) रहेको छ ।

मधेश प्रदेशमा एसईई उत्तीर्ण विद्यार्थीको संख्या ७.६१ प्रतिशत छ । प्लस टु उत्तीर्ण विद्यार्थीको संख्या ९.७४ प्रतिशत, स्नातक उत्तीर्ण विद्यार्थीको संख्या ३.३१ प्रतिशत छन् । स्नातकोत्तर सो भन्दा माथि उत्तीर्ण विद्यार्थीको संख्या १.३९ प्रतिशत रहेको छ ।

केन्द्रीय तथ्यांक विभागको सन् २०२१ को प्रतिवेदन अनुसार मधेश प्रदेशमा १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये २ हजार ३६१ जना महिलाको मृत्यु भएको देखिन्छ । मृतकमध्ये १४६ जना गर्भवती थिए । तथ्यांक अनुसार १ लाख जन्मेका बच्चामा १५१ जनाको मृत्यु भएको छ ।

प्रदेशगत रूपमा बालबालिकामा हल्का र मध्यम खालको रक्तअल्पता (एनिमिया) को दर मधेश प्रदेशमा सबभन्दा बढी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा सातवटै प्रदेशमध्ये मधेश प्रदेशबाट सबैभन्दा धेरै उजुरी दर्ता हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा २ हजार ८ सय ५८ वटा उजुरी परेको तथ्यांक छ । तीमध्ये ६९.५२ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।

बेरुजुको विषयमा विगत तीन आर्थिक वर्षयता प्रदेश स्तरमा कोशीपछि मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु रकम ठहर भएको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशमा ५३ करोड ३४ लाख ७४ हजार रुपैँया बेरुजु देखिएको छ । मधेश प्रदेशका स्थानीय तहमा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १३ करोड ७२ लाख १ हजार रुपैँया अनियमित भएको देखिएको छ ।

जेठ ३२, २०८०
संजय कुमार यादव,
अर्थमन्त्री,
मधेश प्रदेश

Previous Post

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

Next Post

आर्थिक बर्ष २०८०/०८१काे बजेट प्रस्तुत गर्नु हुँदै अर्थमन्त्री मा. संंजय कुमार यादव

Next Post

आर्थिक बर्ष २०८०/०८१काे बजेट प्रस्तुत गर्नु हुँदै अर्थमन्त्री मा. संंजय कुमार यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.