Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

बरहथवा घटना: मृतक साहको शव रातभरि घटनास्थलमै

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
बरहथवा घटना: मृतक साहको शव रातभरि घटनास्थलमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

blog
facebook sharing button
twitter sharing button
sharethis sharing button

२१ पुष ,शनिवार ।

 सर्लाहीको बरहथवामा शुक्रवार भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव रातभरि घटनास्थलमै रहेको छ । आन्दोलित पक्षले शनिवार बिहानसम्म पनि प्रशासनले घटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राखेर युवकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् । अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रवार दिउँसो बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो । 

बरहथवा बजारमा होटेल सञ्चालन गर्नुहुन्थ्यो । उहाँलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । साहको शव शुक्रवार रातभर घटनास्थलमा रह्यो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले मृतक युवकको शव पोस्टमार्टमका लागि शुक्रवार बेलुकादेखि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने प्रयास गरे पनि स्थानीयले शव उठाउन नदिएका बताउनुभयो । 

अहिले बरहथवामा सशस्त्र प्रहरीले पनि ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ । बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाले तीन महिना गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै शुक्रवारबाट प्रदर्शन चर्काइएको छ । नगरपालिका कार्यालय, नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घर र सवारी साधनमा ढुङ्गा मुढा तथा आगजनी हुन थालेपछि प्रहरीले शुक्रवार गोली चलाएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आन्दोलनकारीहरू ढुङ्गा मुढा गर्दै प्रहरीको हतियार नै खोस्न आएपछि प्रतिरक्षाका लागि गोली चलाउनुपरेको बताउनुभयो । 

नेपाली काँग्रेस, जनमत, जसपासहितका दलले नगर कार्यपालिका बैठकले असोज ९ गते गरेको निर्णय अनुसार तत्काल प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी ५० शय्याको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् । पुस १८ गते बसेको कार्यपालिका बैठकले असोज ९ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको थियो । 

त्यसपछि काँग्रेससहितका दलले आन्दोलन थप चर्काएका छन् । नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित नेकपा एमालेबाट निर्वाचित बहुमत कार्यपालिका सदस्य असोज ९ को निर्णय कार्यान्वयन नगर्ने पक्षमा छन् । शुक्रवारको झडपपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी राखेको छ । शुक्रवार बेलुका ५ः३० बजेदेखि जारी कर्फ्यु आदेश शनिवार (आज) बिहान ८ बजेसम्मका लागि तोकिए पनि पुनः समय थप हुन सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

Previous Post

उच्च अदालतमा ३९ जना न्यायाधीश् नियुक्त

Next Post

सहारा पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं बार्षिक साधारणसभा सम्पन्न

Next Post
सहारा पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं बार्षिक साधारणसभा सम्पन्न

सहारा पंचकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औं बार्षिक साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.