Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

मालपोत कार्यालय प्रमुख झाद्वारा नियमित कार्यालय समयको उल्लंघन- अख्तियार मौन

Sp Yadav by Sp Yadav
३ महिना अगाडि
in मुख्य समाचार, स्थानिय, स्थानिय
0
मालपोत कार्यालय प्रमुख झाद्वारा नियमित कार्यालय समयको उल्लंघन- अख्तियार मौन
2.2k
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ १ गते । भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा सर्लाहीका कार्यालय प्रमुख नितेश कुमार झामाथि नियमित कार्यालय समयको उल्लंघन, सेवाग्राहीबाट असुल गरिएको अवैध रकम कर्मचारीसँग बाँडफाँड गर्ने तथा आर्थिक रूपमा कमजोर सेवाग्राहीलाई योजनाबद्ध रूपमा झुलाउनेजस्ता गम्भीर आरोप सार्वजनिक भएका छन् ।

मालपोत कार्यालय स्रोतका अनुसार, कार्यालय प्रमुख झा दैनिक रूपमा बिहानको नियमित समयमा कार्यालय नआइ करिब ११:३० देखि १२ बजेको समयमा मात्र कार्यालय प्रवेश गर्ने गरेका छन् । दिनभर सेवाग्राहीबाट असुल गरिएको घुस रकम साँझ कार्यालय भवनको मूल गेटमा बाहिरबाट ताल्चा लगाई भित्र हिसाब-किताब तथा बाँडफाँड गर्ने गरिएको छ । बाँडफाँड सकेपछि झा प्रायः बेलुकी ५:३० देखि ६ बजे मात्र कार्यालयबाट बाहिरिने गरेका छन् । मुद्दा फाँट र मोही फाँटमा कार्यरत कर्मचारीहरूसँग कार्यालय प्रमुख झाले सेवाग्राहीबाट असुल गरिएको अवैध रकम बराबरी हिस्सामा बाँड्ने गरेको श्रोत बताउँछन् ।

छुट जग्गा दर्ता, नामसारी तथा नयाँ श्रेस्ता कायम गर्न कानुन अनुसार स्थलगत सहरजमिन मुचुल्का अनिवार्य भएकोले यस प्रक्रियालाई कार्यालय प्रमुख झाले घुस असुलीको मुख्य माध्यम बनाएको छ । सेवाग्राहीसँग पहिले रकमको मोलमोलाइ गर्ने र माग गरिएको रकममा चित्त बुझेपछि मात्र फिल्डमा गएर मुचुल्का गरिने गरेको मालपोत स्रोतको दाबी छ । भने विपन्न तथा आर्थिक रूपमा कमजोर सेवाग्राहीलाई महिनौंसम्म झुलाउने, फाइल थन्क्याउने र काम नगर्ने प्रवृत्ति आम बनेको गुनासो छ । यसका साथै सेवाग्राहीसँग असभ्य शैलीमा बोल्ने, हप्काउने र धम्क्याउने सम्मको व्यवहार कार्यालय प्रमुख झाबाट नियमित रूपमा हुँदै आएको छ ।

मालपोत स्रोतका अनुसार, मुद्दा फाँटमा कार्यरत रहेका कर्मचारी बच्चा बाबु झा समेतले सेवाग्राहीहरूसँग असभ्य शैलीमा बोल्ने, हप्काउने र धम्क्याउने सम्मको क्रियाकलाप गर्दै आएका छन् । बच्चा बाबुद्वारा सेवाग्राहीमाथि यस्तो व्यवहार कार्यालय प्रमुख नितेश कुमार झाको संरक्षणमै भइरहेको श्रोतले जनाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाहीमा कार्यालय प्रमुख पदमा उपसचिवको दरबन्दी रहेपनि पटक-पटक झा कानुनविपरीत कार्यालय प्रमुख बन्दै आएको पाइएको छ । स्रोतका अनुसार, उक्त कार्य प्रशासनिक नियमावली र कर्मचारी व्यवस्थापनसम्बन्धी कानुनको ठाडो उल्लंघन हो । कार्यालयमा उपसचिव तहको कर्मचारी कार्यरत रहनुपर्ने प्रावधान हुँदाहुँदै झालाई बारम्बार प्रमुखको जिम्मेवारी दिइनु शंकास्पद रहेको छ । यसबाट कार्यालय सञ्चालनमा अनियमितता बढ्नुका साथै अवैध आर्थिक लाभ लिन सहज वातावरण सिर्जना भएको श्रोतको दाबी छ ।

राज्यको अत्यन्त संवेदनशील भूमि प्रशासनजस्तो कार्यालयमै यति गम्भीर आरोप सार्वजनिक हुँदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभाग मौन बस्नु गम्भीर प्रश्नको विषय बनेको छ ।

स्थानीय नागरिक, सेवाग्राही तथा सरोकारवालाहरूले कार्यालय प्रमुख नितेश कुमार झाको सम्पूर्ण गतिविधिमाथि तत्काल छानबिन, कार्यालयमा हुने भनिएको घुसको लेनदेनमाथि कडाइका साथ निगरानी तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

Previous Post

इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशका पूर्व अध्यक्ष नन्दकिशोर यादव जसपा नेपाल प्रवेश ।

Next Post

जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु ।

Next Post
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु ।

जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.