Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

रामचन्द्र पौडेल,गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबारे राष्ट्रपति निर्वाचित भएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरेको मतपरिणाम अनुसार पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।
राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए ।

Previous Post

राष्ट्रपति चयनका लागि सकिएको मतदानमा ५१ जनाले मतदान गरेनन्

Next Post

उपराष्ट्रपति निर्वाचनलगत्तै सरकार विस्तार हुनेःप्रधानमन्त्री दाहाल

Next Post

उपराष्ट्रपति निर्वाचनलगत्तै सरकार विस्तार हुनेःप्रधानमन्त्री दाहाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.