Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

रौतहटमा एउटै पालिकामा दुई जना हाकिम

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, समाचार
0
रौतहटमा एउटै पालिकामा दुई जना हाकिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३ कात्तिक, सुक्रबार ।
रौतहटको वृन्दावन नगरपालिकामा बिहीबार एकै दिन दुई जना हाकिम हाजिर भएका छन् । मेयर र उपमेयरले छुट्टाछुट्टै हाकिम हाजिर गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र स्वास्थ्य क्षेत्रका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले दुबै जना बिहीबार वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखमा हाजिर भइ कार्यभार सम्हालेका छन् । जिल्लामै पहिलो पटक वृन्दावनमा एकै पटक दुई जना हाकिम हाजिर भएका छन् । पहिला मेयर विनोद प्रसाद कुर्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृत पटेललाई कार्यालय प्रमुखको रुपमा हाजिर गराएका थिए ।

नेपाली कांग्रेसका पूर्व मेयर रामस्नेही यादव, नेकपा एमालेलगायत दलका नेताहरुको साथ र सहयोगमा उपमेयर रामले प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई हाजिर गराएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते वृन्दावन नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने गरी उपसचिव प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । सामान्य प्रशासन मन्त्रालयले प्रधानलाई वृन्दावनको कार्यालय प्रमुखको जिम्मेवारी असोज २६ गते नै तोके पनि विभिन्न कारणले उनी कार्तिक १ गतेसम्म पनि हाजिर हुन सकेनन् । मन्त्रालयले प्रधानलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको एकसाता बित्न नपाउँदै कार्तिक १ गते फेरि प्रधानको जिम्मेवारी खोस्दै उनको ठाउँमा सोही नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह अधिकृत स्तर छैटौं तहका कर्मचारी रासनारायण पटेललाई वृन्दावनको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।


पटेललाई पनि नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने गरी जिम्मेवारी दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि कार्तिक १ गतेदेखी लागु हुने गरी दुई महिनासम्मका लागि मात्र पटेललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ । मन्त्रालयले दिएको जिम्मेवारीकै आधारमा पटेललाई मेयर विनोद प्रसाद कुर्मीले भव्य स्वागत गर्दै कार्यालयमा हाजिर गराएका हुन । तर उपमेयरलेसमेत अर्को हाकिम प्रधानलाई हाजिर गराएपछि विवाद उत्पन्न भएको छ भने अर्को तर्फ अब आधिकारीक हाकिम कसलाई मान्ने वा कुन हाकिम रहने, नरहने भन्ने विषयमा समेत अन्योलता उत्पन्न भएको छ ।हाकिम लगायतको विषयलाई लिएर मेयर कुर्मी र उपमेयर रामबीच पटक पटक विवाद हुँदै आएको छ । मेयर र उपमेयरले आआफनो अनुकूलका हाकिम राख्न चाहेकोले विवाद चर्किदै गएको छ । जसका कारण बिहीबार

Previous Post

सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० पुग्यो

Next Post

यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान

Next Post
यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान

यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.