Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

सम्माननीय उपराष्ट्रपति यादवसंग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता ।

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
सम्माननीय उपराष्ट्रपति यादवसंग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता ।
2
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्माननीय सम्माननीय उपराष्ट्रपति यादवसंग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता श्री रामसहाय प्रसाद यादवज्यूसंग भारतका महामहिम राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा शुभकामना आदानप्रदान प्रश्चात दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र सहकार्य लगायतका विषयमा छलफल भयो ।


उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहाद्र्रता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत सम्बन्ध रही आएको बताउनु भयो । ‘दुई देशबीचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौं पुरानो परम्परा छ ।’
उपराष्ट्रपति यादवले हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारीले विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुशी व्यक्त गर्नुभयो । ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहुड फस्र्ट’ नीतिको नेपालले प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्त्व प्रतिविम्बित हुन्छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुशी छौं।’
उहाँले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबीचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सन् २०२४ मा भारतको विदेश मन्त्री र विदेश सचिवले गर्नुभएको नेपाल भ्रमण तथा गत साता भएको वाणिज्य सचिवस्तरीय द्विपक्षीय बैठक तथा यस प्रकारका अन्य द्विपक्षीय संयन्त्रहरुको बैठकले दुई देशबीच आपसी विश्वास र सहयोगको वातावरण बनेकोमा हर्षित छु।’
उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको उल्लेख गर्दै हामीले भारतबाट आर्थिक, प्राविधिक लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको बताउनु भयो । ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आईसीपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ’ उहाँले भन्नुभयो, ‘निकट छिमेकीका रुपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ ।’
उहाँले नेपालको विकास प्राथमिकताहरुमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन र मानव संशाधन विकास रहेको बताउनु भयो । ‘सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न बस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्ने जस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन् ।’
उहाँले प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले नेपाल र भारतलाई शताब्दीयौंदेखि जोडेको उल्लेख गर्दै हामीले दुई मुलुकका जनताको बृहत्तर लाभको लागि स्रोतहरूको संरक्षण र परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भेटमा हाम्रा दुई मुलुक सार्क, विम्सटेक, बीबीआईएन जस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीयमञ्चहरूमा पनि निकट रुपमा सहयोग र सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले भारतको ७६ औं गणतन्त्र दिवस (२६ जनवरी) को अवसरमा राजदूतमार्फत् भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
भारतीय महामहिम राजदूत नवीन श्रीवास्तवले भारतले ‘नेबरहुड फस्र्ट’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहु्ँ निर्यातमा प्रतिबन्धका बाबजूद नेपालाई दुई लाख टन गहूँ निर्यातका लागि अनुमति दिएको बताउनु भयो । उहाँले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकिकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको जनाउँदै नेपाललाई भारतले एक हजार चौसठी मेगावाट विजुली आपूर्ति गरिरहेको र बाढीका बेला १० वटा बेलीब्रिज पनि हस्तान्तरण गरेको बताउनुभयो ।
२०८१ माघ ४ गते शुक्रबार ।

Previous Post

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिती बाराको जिल्ला अधिवेशन सम्पन्न ।

Next Post

मधेशी स्वास्थ्यकर्मी फोरम सर्लाहीद्वारा फलफुल वितरण गरि बलिदानी दिवस मनाए ।

Next Post
मधेशी स्वास्थ्यकर्मी फोरम सर्लाहीद्वारा फलफुल वितरण गरि बलिदानी दिवस मनाए ।

मधेशी स्वास्थ्यकर्मी फोरम सर्लाहीद्वारा फलफुल वितरण गरि बलिदानी दिवस मनाए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.