Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

सर्लाहीको चन्द्रनगर गापाका अध्यक्ष महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज ठप्प

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
सर्लाहीको चन्द्रनगर गापाका अध्यक्ष महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज  ठप्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


११ मंसिर , सोमबार


सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज पूर्ण  रुपमा ठप्प रहेको छ । चन्द्रनगर गाउँपालिकामा राजनीतिक द्वन्द्वका कारण बजेट आउन सकेको छैन । असार १० गते ल्याउनुपर्ने बजेट अझै पनि ल्याउन सकेको छैन । पालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माणको काम ठप्प छ भने पाँच महिनादेखि वृद्धवृद्धाले भत्ता पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीले समेत तलब पाउन सकेका छैनन् । बहुमत नपुगेकाले बजेट ल्याउन नसकेको पालिका प्रमुख महतोले जानकारी दिए । चन्द्रनगरमा १५ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ । जसमध्ये ३ जना अध्यक्ष र १२ जना उपाध्यक्ष पक्षधर छन् । उनीहरु एकआपसमा कुरा नमिल्दा बजेट आउन सकेको छैन् । असार १० गते नै गाउँसभा गरेर बजेट ल्याउनुपर्नेमा उपाध्यक्ष गीतादेवी महतोसहितका बहुमत सदस्यको अवरोधका कारण बजेट ल्याउन नसकिएको हो । उनले बजेट नआउँदा समग्र पालिकाको विकास निर्माण ठप्प बनेको जानकारी दिए । गाउँपालिकाले बजेट ल्याउन नसक्दा नागरिकले नगरबाट पाउने सेवासुविधासहित सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीलेसमेत तलब बुझ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघ चन्दनगरका अध्यक्ष सरोजकुमार सिंहले दशैं तथा छठ जस्ता पर्वमा पनि चन्द्रनगर गाउँपालिकाका शिक्षक तथा कर्मचारीले तलब पाउन नसकेको गुनासो गरे । उनले पाँच महिनादेखि तलब नपाउँदा घर खर्च धान्न गार्‍हो भएको बताउँदै तलबकै लागि आफूहरु आन्दोलनमा रहेको जानकारी दिए ।

अध्यक्ष महतोले गाउँसभा गर्नका लागि आफूले दर्जनौं पटक प्रयास गर्दा पनि उपाध्यक्षसहितको टोलीले अवरोध गर्दै आएको आरोप लगाए । उनले जायज मागका लागि आफू दत्तचित्त रहेको जनाउँदै गाउँसभाका लागि बोलाइएको छलफलमै उपाध्यक्षसहितको बहुमत सदस्य नआउने गरेको जानकारी दिए । उनले आफ्नो सफाइ दिँदा पनि उपाध्यक्ष सहितका कार्यपालिका सदस्यहरुले हरहिसाब दिन र हरहिसाब भइ रहेको बेला त्यहाँ बसेर जवाफ दिन भनेपछि उनी पटक पटक हरहिसाब छाडेर भाग्ने गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष गीतादेवीले अध्यक्ष महतोले गत वर्षको हिसाब नै नदिएका कारण गाउँसभा हुन नदिएको बताइन् । उनले अध्यक्ष महतोले बसेर सबै खर्चको हिसाब दिनुपर्ने तर्क राखिन् । ’हिसाब दिएर मात्र हुँदैन, उहाँ पनि बसेर हरेक हिसाबको बारेमा जानकारी पनि दिनुपर्‍यो,’ उनले भनिन्,’ अध्यक्ष महतो हिसाब भएको समय एकछिन बस्नु हुन्छ फेरि बाहिर निक्लिनुहन्छ, जसले हाम्रो चित्त बुझेको छैन ।’ उपाध्यक्ष गीतादेवीले आफूहरुको चित्त नबुझेसम्म गाउँसभा हुन नदिने बताइन् । अध्यक्ष महतोको भ्रष्टाचार चरममा पुगेको उनले आरोप लगाइन् । इमान्दार हुनु हुन्छ भने हरहिसाबमा किन बस्नु हुन्न भनि उनले प्रश्न गरिन् । चन्द्रनगरमा गाउँपालिका अध्यक्ष भएर आएदेखिनै उनी कर्मचारीलाई केरकार गर्ने, स्थायी कर्मचारीलाई वडामा, कार्यालयमा करारका कर्मचारी राखेर भ्रष्टाचार गर्ने गिरोह नै तयार पारेको उनले आरोप लगाइन् । अधिकांश कार्यपालिका सदस्यहरु अध्यक्ष महतोविरुद्धमा देखिएका छन् । कार्यपालिका सदस्यहरु भन्छन्-‘अध्यक्ष जी एनजीओ सञ्चालन गरेर आउनु भएको छ, उहाँले गाउँपालिका र एनजीओमा फरक बुझ्नु पथ्र्यो, बुझ्न सक्नु भएन् उहाँले गल्ती गर्नुभयो ।’

Previous Post

सुनको मूल्य तोलामा १ लाख १७ हजार भन्दा माथि पुग्यो

Next Post

सरकारले थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप ल्यायो

Next Post
सरकारले थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप ल्यायो

सरकारले थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप ल्यायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.