Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎सर्लाहीमा योजना ‘चिठ्ठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय विवादमा

swarnimkhabar@ by swarnimkhabar@
२ दिन अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय
0
‎सर्लाहीमा योजना ‘चिठ्ठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय विवादमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही — मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाका ‘चिठी’ अनियमित रूपमा बिक्री वितरण भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। कार्यालय प्रमुख विजय यादवमाथि योजनाहरू बिचौलिया मार्फत बिक्री गर्ने र प्रक्रिया प्रभावित पार्ने आरोप लागेको हो।



‎स्रोतका अनुसार कार्यालय प्रमुख यादवले प्रदेश सभा सदस्यहरूको ‘सिलिङ’ भित्रका योजना बाहेक अन्य योजनासमेत बिचौलिया प्रयोग गरेर वितरण गर्दै आएका छन्। ती योजनाहरू वितरणका क्रममा आर्थिक लेनदेन हुने गरेको र करिब ६ प्रतिशतसम्म रकम कार्यालय प्रमुखले लिने, उपभोक्ता समिति गठन हुँदासम्म यो दर १२ प्रतिशतसम्म पुग्ने दाबी गरिएको छ।


‎साे सम्बन्धमा कार्यालय प्रमुख यादवसँग प्रतिक्रिया लिन खाेज्दा प्रमुखले आफू बिदामा रहेकाे तथा कार्यालयमा अनुपस्थित रहेकाे बताउदै प्रतिक्रिया लिने भए साेमबार कार्यालय समयमा कार्यालयमा आउनु भनी पन्छिए ।


‎


‎यस कार्यालयबाट सर्लाही जिल्लाभित्र सञ्चालन हुने भौतिक निर्माणसम्बन्धी योजनाहरूको चिठी वडा कार्यालयमार्फत जानुपर्ने प्रावधान रहे पनि, ती चिठीहरू वडा कार्यालयमा नपठाई व्यक्तिगत रूपमा वितरण भइरहेको मलंगवा वडा नं.१० का वडा अध्यक्ष मुकेश झाले आराेप लगाए ।


‎वडा अध्यक्ष झाका अनुसार आफूहरूले योजनाको विवरण माग्दा “फलानाले लग्यो”, “यो अमुक प्रदेश सभा सदस्यको कोटामा परेको छ” जस्ता बहाना बनाएर पन्छिने गरिएको छ।


‎यसबारे प्रतिवाद गर्दा कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारीको नाम लिएर ‘उहाँको अनुमति बिना चिठी दिन नसकिने’ भन्दै झुक्याउने गरेको आरोपसमेत वडा अध्यक्षले लगाए ।


‎तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया ले भने आफूले त्यस्तो कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। उनले विकास निर्माणसम्बन्धी कार्यालयहरू संवेदनशील हुने भएकाले शान्ति–सुरक्षा कायम राख्न समन्वय मात्र गर्ने आफ्नो भूमिका रहेको बताए। साथै, योजनाहरू पारदर्शी बनाउन चिठीहरू सम्बन्धित वडा कार्यालयमा पठाउने र कार्यालयको वेबसाइटमा सार्वजनिक गर्ने निर्देशन दिएको पनि उनले जानकारी दिए।


‎यद्यपि, एक उपभोक्ताका अनुसार कार्यालय प्रमुख यादवले उक्त निर्देशनको पालना नगरी पहिले नै बिक्री भइसकेका र उपभोक्ता समिति गठन भइसकेपछि मात्र चिठीहरू अनलाइनमा राख्ने अभ्यास गर्दै आएका छन्।


‎यस प्रकरणले सर्लाहीमा विकास निर्माणसम्बन्धी योजनाको पारदर्शिता, निष्पक्षता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग बढ्दो छ।


‎पुर्वाधार विकास कार्यालय मलंगवामा कार्यालय प्रमुखका रूप बिगत ३ कार्यकाल देखि निरन्तर काम काज गर्दै आईरहेका छन् भने  गत बर्ष पुर्व प्रदेश सभा सदस्य अशाेक यादवसंग याेजनाकै बिषयमा बिवाद हुदाँ यिनकै कारण ले अशाेक यादव र प्रहरी प्रमुख बिच बिवाद बढेका थियाे ।जसकाे मुद्दा अहिले पनि जिल्ला अदालत सर्लाहीमा चल्दैछन् ।


‎


Previous Post

भारतको सहयोगमा पोखरियामा विद्यालय तथा पुस्तकालय भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.