Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

आलु-प्याजको बिक्रीमा हड्ताल

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
आलु-प्याजको बिक्रीमा हड्ताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२० मंसिर, बुधबार।

व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले हडताल गरेका छन । हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ । बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ । भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए । भ्याटमा नगएको भन्दै व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य आन्तरिक राजस्व कार्यालयबाट भएको उनको आरोप छ ।

‘आन्तरिक उत्पादनमै जोडेर भ्याटको कारोबार हेर्न थालेपछि हामी कारोबार नगर्ने अवस्थामा पुगेका हौं,’ गजुरेलले भने, ‘हामीले कारोबार रोकेको नभई व्यापार नगर्ने भनेर आ-आफ्नो कारोबार बन्द गरेका हौं ।’ चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निणर्य गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन । देशैभरका व्यापारीहरुले आलु र प्याजको कारोबार झण्डै तीन दिनदेखि रोकेको कालीमाटी बजार विकास समितिले जनाएको छ । बजारमा आलु प्याज आयात नभएको र आलु तथा प्याजको स्टलहरु खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘कालीमाटीमा आलु र प्याज छैन,’ श्रेष्ठले भने, ‘कारण के हो थाहा छैन तर व्यवसायीले आलु र प्याज बजारमा भित्र्याएका छैनन् ।’ बजारमा आलु र प्याज नभएपछि बजार मूल्य पनि नतोकिएको बजार विकास समितिले जनाएको छ । कालीमाटी बजारमा मात्रै आलु र प्याजको कारोबारमा संलग्न करिब २०० थोक विक्रेताहरु छन् । व्यवसायीको हड्तालका कारण बजारमा आलु र प्याजको मूल्यमा मनपरी भएको छ । अभावको कारण देखाउँदै व्यवसायीहरुले मूल्य मनपरी तोकेका छन् । बजारमा आलु र प्याजको बिक्री रोकिएकोबारे थाहा नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । व्यवसायीहरु भ्याटको समस्यामा परेको बारेमा कालीमाटी बजारका किसान समितिबाट सहजीकरण गरिदिन एक पत्र भने मंगलबार प्राप्त भएको मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सबनम सिवाकोटीले जानकारी दिइन् । ‘चालु आवको बजेटमा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि आन्तरिक उत्पादनको कारोबारमा पनि भ्याट लाग्ने व्यवस्थाबारे सहजीकरण गरिदिन भन्ने पत्रमा उल्लेख छ,’ प्रवक्ता सिवाकोटीले भनिन्, ‘यसबारे हामीले बजार विकास समितिलाई सहजीकरण गरिदिन भनिसकेका छौं र उहाँहरुले आन्तरिक राजश्व कार्यालयसँग समन्वय थालेको बताउनुभएको छ ।’ बजारमा कारोबार नै रोकेको बारेमा भने मन्त्रालयमा कुनै जानकारी नभएको प्रवक्ता सिवाकोटीले बताइन् ।

Previous Post

एनएसएलमा स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै

Next Post

लागूऔषधसहित एक युवक पक्राउ

Next Post
लाखौ रुपैयाँ घुस रकमसहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा

लागूऔषधसहित एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.