Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

‎जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक‎

Sp Yadav by Sp Yadav
३ महिना अगाडि
in मुख्य समाचार
0
‎जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक‎
380
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं १२, माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिवद्धता सहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ।

‎घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ।

उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ।

‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकारसम्पन्न बनाउँदै स्वशासन (Self-Rule) र संघमा साझेदारी (Shared-Rule) प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ। साथै मधेशी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम लगायत सीमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति गराउने प्रतिवद्धता जनाएको छ।

‎घोषणापत्रमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण, दलित र महिलाका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्र, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रिय सभामा जनसंख्याको अनुपातमा प्रतिनिधित्व, तथा स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गरिनुपर्ने प्रस्ताव समेटिएको छ।

‎यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको दायित्व बनाउँदै निःशुल्क तथा गुणस्तरीय सेवा, भ्रष्टाचारविरुद्ध कठोर कारबाही, सुशासन र पारदर्शिताको सुनिश्चितता, राजनीतिक नियुक्तिमा योग्यता प्रणाली लागू गर्ने नीति पनि घोषणापत्रमा उल्लेख छ।

‎कृषि क्रान्ति, सहुलियत कृषि ऋण, सिंचाइ र बजार व्यवस्था, औद्योगिकीकरणमार्फत गरिबी र बेरोजगारी अन्त्य गर्ने लक्ष्यसहित राष्ट्रिय तथा वैदेशिक लगानी आकर्षण गर्ने नीति पनि जसपा नेपालले अघि सारेको छ। साथै बहुभाषिक नीति, मातृभाषाको प्रयोग, युवा स्वरोजगार कार्यक्रम, बेरोजगारी भत्ता, प्रदेश प्रहरी र कर्मचारी व्यवस्था, तथा जनसंख्या र मानव विकास सूचकांकका आधारमा बजेट वितरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेस गरिएको छ।

‎पार्टी नेतृत्वले घोषणापत्र जनताको अधिकार, पहिचान र समृद्धिका लागि मार्गचित्र भएको दाबी गर्दै जनतासँग समर्थनको अपिल गरेको छ।

Previous Post

‎राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालका सचिव सहित पार्टी परित्यागको घोषणा ।

Next Post

जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको छ – अध्यक्ष यादव

Next Post
जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको छ – अध्यक्ष यादव

जनताको बलिदानीबाट प्राप्त उलब्धीमाथि प्रहार भइरहेको छ - अध्यक्ष यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.