Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण

swarnimkhabar@ by swarnimkhabar@
२ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण
586
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, फागुन — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ।

‎जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिले पार्टीप्रति अघात पुग्नेगरी अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको उल्लेख छ। उक्त गुनासोको आधारमा कारण स्पष्ट पार्दै चित्तबुझ्दो जवाफ दिन अल्टिमेटम दिइएको जनाइएको छ।

‎पत्रमा तोकिएको समयावधिभित्र जवाफ नआए वा प्राप्त जवाफ चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। पार्टी अनुशासन र निर्णयको पालना गर्नुपर्ने दायित्व निर्वाचित जनप्रतिनिधिमा अझ बढी रहने उल्लेख गर्दै जिल्ला कार्यसमितिले संगठनको हितविपरीत गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।

‎स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरूमा गोडैता नगरपालिका–५ का वडा अध्यक्ष श्री प्रकाश गुप्ता, चक्रघट्टा गाउँपालिका–३ का वडा अध्यक्ष श्री दिनेश साह, बरहथवा नगरपालिका–१७ का वडा अध्यक्ष श्री राम विश्वास राय, हरिपुर्वा नगरपालिका–८ का वडा अध्यक्ष श्री रामेश्वर राय तथा हरिपुर्वा नगरपालिका–९ का वडा अध्यक्ष श्री सुरेन्द्र महतो रहेका छन्।

‎जसपा नेपाल सर्लाहीका पदाधिकारीका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि भएको पुष्टि भएमा अनुशासन समितिको सिफारिसमा थप कदम चालिनेछ। जिल्लास्तरमा यस घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ।

Previous Post

‎निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

Next Post

राष्ट्रिय मुक्ति पार्टीको चुनावी ¥याली तथा घरदैलो कार्यक्रम सम्पन्न

Next Post
राष्ट्रिय मुक्ति पार्टीको चुनावी ¥याली तथा घरदैलो कार्यक्रम सम्पन्न

राष्ट्रिय मुक्ति पार्टीको चुनावी ¥याली तथा घरदैलो कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.