सर्लाही, फाल्गुण — राष्ट्रिय मुक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष तथा सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोले आज मलंगवामा चुनावी ¥याली तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
मलंगवा नगरपालिका क्षेत्रमा आयोजित ¥यालीले नगरका विभिन्न वडाको परिक्रमा गरेको थियो। समर्थकहरूको उल्लेख्य सहभागितासहित निकालिएको ¥यालीमा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा महतोले घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरी आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुभयो। उहाँले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवामा सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महतोले जनताको अधिकार, समानता र समृद्धिका लागि राष्ट्रिय मुक्ति पार्टी प्रतिबद्ध रहेको बताउँदै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन आग्रह गर्नुभयो।
राष्ट्रिय मुक्ति पार्टीका स्थानीय नेताहरूले पनि मलंगवा नगरपालिकामा पार्टीप्रति जनसमर्थन बढ्दै गएको दाबी गरेका छन्।

