Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

दलित महिला भन्छन : हामीमाथि अझै हिंसा र छुवाछुत हुन्छ ।

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, समाचार
0
दलित महिला भन्छन : हामीमाथि अझै हिंसा र छुवाछुत हुन्छ ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीमा सामरी उत्थान सेवाले लालबन्दी नगरपालिका, हरिवन नगरपालिका, कविलासी नगरपालिका, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा दलित स्टोरी परियोजना संचालन भइरहेको छ । परियोजना संचालन भएका यि पालिकाका महिला अझै पनि आफूूहरुमाथि हिंसा तथा छुवाछुत रहेको गुनासो गर्छन् ।

लालबन्दी नगरपालिका ७ लालबन्दी बजारकी सीता परियार दलित भएकै कारण यहाँ समाजले हेर्ने दृष्टिकोण नै विभेदकारी रहेको दुखेसो पोख्छिन् । “हामी दलितलाई समाजले अझै पनि हरेक कुरामा सघर्ष स्वीकार गरेको छैन, हामीलाई दलित भनेर बेग्लै नजरले हेरिन्छ,” उनले भनिन, “हामीले सबै क्षेत्रमा खुलेर प्रस्तुत हुन पाएका छैनौँ ।”

सीताले सामाजिक कार्य हुँदा होस् वा मठमन्दिरमा पुग्दा दलित भनेपछि हेराई नै अर्कै हुन गरेको गुनासो पोखिन् । मठ मन्दिरमा बन्देज नै नलगाए पनि दलित भन्ने बित्तिकै हेर्ने नजर अर्कै पर्ने गरेको अनुभुती आफूले गरेको उनले सुनाईन ।

लालबन्दी २ पुर्नवासकी सुमिता पासवान आफूहरुको बस्तीलाई अहिले पनि दलित र डाका बस्ने बस्ती भनेर चित्रण गरेकोमा खुसी छैनन् । उनले आफूहरुमा धेरै परिवर्तन आएपछि समाज र बाहिरको मानिसले बुझ्ने नजर नफेरिएको दुःखेसो गर्छिन् ।

पहिले पहिले पुर्नवास क्षेत्रका धेरै चोरी, डकैतीमा संलग्न भएपनि अहिले धेरैको दैनिकी फेरिएको उनले सुनाईन । “हाम्रो गाउँलाई दुषाद र चोरी, डकैती गर्नेहरुको बस्ती भनेर हिप्ने गरिन्छ, तर त्यस्तो होईन् हामी दलित पनि अहिले धेरै परिवर्तन भइसकेका छौँ, हामीलाई पेट पाल्नकै लागि चोरी चकारी गर्नुपर्दैन, खेतीपाती गर्न थालेका छौँ, मजदुर गर्न जाने गरेका छौँ ।”

हरिवन नगरपालिकामा कार्यरत कर्मचारी चित्रबहादुर वि.क. अब दलितमा धेरै चेतना र परिवर्तन आइसकेको बताउँछन् । उनी पहिले जस्तो दलित भएकै कारण विभेद गर्ने र विभिन्न सेवा सुविधाबाट बन्चित गर्ने परिपाटी कम हुँदै गएको बताउँछन् ।

उनले अवसर प्रदान गरिए दलित महिला, दलित युवा पुस्ता पनि धेरै अगाडि बढ्न सक्ने बताउँछन् । “अहिले दलित समुदायमा पनि चेतना वृद्धि भइसकेको छैन्, पहिले जस्तो अवस्था छैन,” उनले भने, “अब दलित भएकै कारण हिंसा गर्ने र विभेद गर्ने कम भएको छ, यदि भइहालेको खण्डमा हामीले न्याय दिलाउन र पीडकलाई कारवाहीको दाउरामा ल्याउन पहल गरिराखेकै छौँ ।”

दलित स्टोरी परियोजना संचालन भएका ५ पालिकासहित सर्लाहीका २० वटै पालिकामा पछिल्लो समय दलितमाथिका हिंसा र छुवाछुतका कुरा कम आइरहेका छन् । पीडितको पक्षमा कानुन बनेको र पीडकलाई कडा खालको जातिय विभेद तथा छुवाछुतविरुद्धको कानूनी कारवाही हुने भएपछि हिंसा र विभेद घटेको दलित अगुवाहरुको बुझाइ छ ।

कविलासी नगरपालिका गैर निवासी नागरिक समाजका अगुवा रजनीकान्त झा अहिले सबै समुदायमा चेतना आइसकेकाले हिंसा र विभेदका घटना कम हुने गरेको तर्क गर्छन् । पूर्व शिक्षक समेत रहेका झा अहिले विद्यालय तहबाटै हिंसा र छुवाछुतका कुरा पढाई हुन थालेपछि त्यसको सकारात्मक प्रभाव परेको उनी बताउँछन् ।

झाले दलितमा पहिले जस्तो विभेद नरहेको र पहिले पहिले विभेद हुँदा आफूहरुले धेरै न्याय दिएको सम्झन्छन् । पहिले त साहुले दलित अन्तर्गतको मुसहरलाई दास नै बनाएका हुन्थ्ये, अहिले कम हुँदै गएको छ, उनले भने, “केही मात्रामा रहेको विभेद र शोषण पनि अब कम हुँदै जानुपर्छ, दलित महिलाहरु पनि अन्य समाजका महिला झैँ खुलेर र नेतृत्व गरेर अगाडि आउनुपर्छ ।”

उनले आफूहरुको क्षेत्रमा पुस्तौँदेखि जातिय विभेद भोग्दै आएका दलित तथा शोषणमा परेका दलित महिलाका लागि साहुबाट छुटकारा पाउन, गुमेको जग्गा फिर्ता गराउन निकै भूमिका खेलेको बताउँछन् । उनी दलितमाथि अहिले पनि शोषण भइरहेको र त्यसका बारेमा नागरिक अगुवा, संचारमाध्यमले बोलिदिनुपर्ने बताउँछन् । उनले पछाडि परेको दलितलाई अगाडि ल्याउने जिम्मेवारी जनप्रतिनिधिले पनि लिनुपर्ने बताए ।

दलित स्टोरी परियोजना संचालन भएका पालिकामा मधेशी र पहाडे दुवै प्रकारका दलित बसोवास गर्छन । अधिकांश मुसहर, चमार, डोम, हलखोर, पासवान, परियार, विश्वकर्मा, सार्की आदि छन् ।

उनीहरु मध्येपनि मुसहर र डोमको अवस्था नाजुक छ । यो समुदायका दलित महिला अहिले पनि केही घुम्टो भित्रै छन् । परियोजनाले काम गरेपछि कतिपय भने खुलेर बाहिर आउन थालेका छन् । आफ्ना समस्या जनप्रतिनिधि, कर्मचारी लगायत जो सुकैसँग राख्न सक्ने भएका छन् ।

चन्द्रनगर गाउँपालिका निवासी पुनित पासवान दलित महिला तथा समग्रमा दलितमाथि हुने विभेद कम भएपनि स्थानीय तहका नेतृत्व गरेका जनप्रतिनिधिले दलितका समस्या तथा कहिकतै विभेद हुँदा नबोदिने गरेको चिन्ता गर्छन् । उनी दलितको पहुँच नभएकै कारण भोट बैंकका रुपमा प्रयोग मात्रै भइरहेको बताउँछन् ।

उनले दलित महिलाको उत्थानका लागि वडा तथा पालिकाले अझै लगानी गर्न नसकेका बताए । “मधेशी दलित महिला अहिले पनि खुलेर बाहिर आउन सकेका छैनन्, बाहिर ननिस्एिकै कारण उनीहरुमाथि हिंसा हुन पुगेको छ,” पासवानले भने “स्थानीय सरकारले दलित महिलाको उत्थानका लागि बजेट विनियोजन गर्नुपर्छ, सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्छ, अनिमात्रै उनीहरु अगाडि बढ्न सक्छन, उनीहरु माथिकोको विभेद हटेर जान सक्छ ।”

चन्द्रनगरकै महिला अगुवा लक्ष्मी सिंह दनुवार पहिलेको तुलनामा दलित महिलाको अवस्था फेरिए पनि अझै राज्यको साथ र सहयोगको खाँचो औँल्याउँछिन् । उनले गाउँघरमा अहिले पनि जातिय छुवाछुत र विभेदले जरा गाडेको सुनाउँछिन् । भित्रभित्रै दलित महिलाहरु शेषित, पीडित हुन बाध्य भएको उनी बताउँछिन् ।

सिंहले दलित महिलामाथि घर तथा समाजमा पनि विभेद रहेको बताईन् । उनले गैर सरकारी संघसंस्थाहरुले सचेतनामूलक कार्यक्रम संचालन गरेपछि टोल बस्तीका महिला खुलेर बोल्न थालेपनि धेरै जना अहिले पनि बोल्न नसक्ने रहेको उनले बताईन् ।

महिला अधिकारकर्मी सिंह दलित महिलामा उर्जा र सचेतना जगाउने पर्ने आवश्यकता देखिन्छन् । “हामीले दलित महिलालाई सचेत गरायौँ भने उनीहरुमाथिको हिंसा र विभेद त्यसै कम भएरै जान्छ, त्यसका लागि सरकारले पनि लगानी गर्नुपर्छ,” सिंहले भनिन, “सरकारले यो विषयलाई महत्व दिएर सचेतना जगाउने, जीविकोपार्जनका लागि साथ सहयोग दिने, सीप सिकेपछि उपयोगी सामग्री सरकारबाट पाउने हो भने दलित महिला त्यसै पनि अगाढि बढिहाल्छन नै ।”

सामरी उत्थान सेवाका मनोज कुमार पासवान आफूहरु दलित बस्तीमा पुगेर सचेतना जगाएपछि अहिले दलित महिला पनि आफूलाई यस्तो यस्तो समस्या छ भनेर खुल्न थालेका बताउँछन् । “हामीले सचेतनामूलक कार्यक्रम गर्न जाँदा उहाँहरु मज्जासँग बोल्न थाल्नुभएको छ, अब विभेद भए बाहिर ल्याउँछौँ र न्यायका लागि पहल गछौँ भन्न थाल्नुभएको छ, यो उहाँहरुमा आएको सकारात्मक परिवर्तन हो, पासवानले भने, “हामीले हाम्रो संस्थाको तर्फबाट सक्दो प्रयास गरेका छौँ ।”

दलित स्टोरी परियोजनाले कार्यक्रम संचालन गर्दा किशोरकिशोरीलाई समेत सामेल गराएर कार्यक्रम गरेपछि उनीहरुले नि जातिय विभेद, हिंसा, यस सम्वन्धमा कानून व्यवस्था लगायतबारे थाहा पाउने अवसर पाएका उनी बताउँछन् । उनका अनुसार दलित स्टोरी क्लबले अहिले नेतृत्व गरेरै पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिलाई समेत सामेल गराएर दलितका समग्र विषय, हिंसा विभेदका कुरा उठाएका पासवानले बताए ।

अब परियोजना संचालन भएका पालिकाहरुसहित अन्य पालिकाबाट पनि दलित महिलामाथि हुने हिंसा, विभेदलगायत समग्र दलितमाथि हुने अन्यायका कुरा युवा मार्फत पनि बाहिर आउने र त्यस घटनाका पीडितलाई न्याय दिलाउन थप मद्धन पुग्ने विश्वास संस्थाले लिएको छ ।

शिक्षक कुमार विसुङ्गे दलितमाथिको विभेद र हिंसा पहिलेको तुलानामा कम हुँदै गएको बताउँछन् । उनले अब ग्रामीण भेगमा पहिले जस्तो केही मात्रामा हिंसा हुने गरेपनि सचेत समाजमा विभेद र हिंसा घटेको उनी सुनाउँछन् ।

विसुङ्खेले दलित समुदायप्रतिको विभेद र हिंसामा कानून कडा रहेको भन्ने बुझाई समाजमा राम्रैसँग परेकाले पनि विभेद र हिंसाका घटना न्यूनिकरणमा मद्धत पुगेको उनी सुनाउँछन् । “अहिले पहिले जस्तो अवस्था त छैन्, अब कुनै हिंसा वा विभेद गरे कारवाही हुन्छ भन्ने बुझाई पर्न थालिसकेको छ, उनले भने, “क्रमश अवस्था सुधार हुँदै छ, तर आर्थिक विपन्नता कारण दलित महिला तथा यो समुदायकै लागि सचेतना अनि आर्थिक उपार्जनका लागि सरकारी निकायको साथ र सहयोगको निकै खाँचो छ ।

उनले अहिले विद्यालय तहमा पनि जातिय छुवाछुत गर्नुहुन्न र समाजमा मिलेर बस्नुपर्छ भन्ने ज्ञान आफूहरुले दिन थालेको बताए । विसुङ्खेले पहिले जस्तो दलितमाथि हुने हिंसा र विभेदका कुरा अब निकै कम रहेकाले र भइहाले पनि संचार माध्यममा ती कुरा आउने गरेका बताए ।

स्वयंसेविका तारा बराईली दलित महिला भएपनि आफूले समाजमा स्वास्थ्य स्वयंसेविकाको भूमिकामा रहेर राम्रैँसँग जिम्मेवारी निभाएको बताउँछिन् । उनले पहिले पहिले दलित स्वयंसेविका भनेर अर्कै नजरले हेर्ने गरेपनि अहिले सेवा गर्दै जाने त्यो आफूले अनुभूति गर्न छाडेको बताइन् ।

उनले अब दलित महिला पनि आफूमाथि हिंसाबारे सचेत र जागरुक हुन थालेका बताईन् । “अहिले समय फेरिएको छ, आफूमाथि हिंसा रोक्न दलित महिला पनि बोल्न थालेका छन्, बोल्नुपर्छ भन्ने महिलाहरुमा पनि पर्न थालेको छ,” उनले भन्छिन, “अब त कारवाही पनि हुन्छ नी त्यसैले सबैले आफूमाथि हुने हिंसा र विभेदबारे बोल्न थालेका छन् ।

Previous Post

मलंगवामा मिटरब्याज पिडितहरू धर्नामा

Next Post

बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै रिहा

Next Post

बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका सबै रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.