Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि ऐन र नियमावली संशोधन गरिनेः सामाजिक विकासमन्त्री साह

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनुषा — मधेश प्रदेशकी सामाजिक विकासमन्त्री सुरिता साहले दलित सशक्तिकरण ऐन संशोधन गरी पूर्ण कार्यान्वयनमा ल्याउने बताएकी छन् । दलित विकास समिति मधेश प्रदेशकी अध्यक्ष समेत रहेकी मन्त्री साहले दलित विज्ञहरु र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि ऐन र नियमावली संशोधन गरिने बताइन् ।

नेपाल मधेश फाउन्डेसनले जनकपुरमा बुधबार आयोजना गरेको दलित सशक्तिकरण ऐन कार्यान्वयनः अवसर र चुनौती विषयक नीति संवाद कार्यक्रममा मन्त्री साहले ऐनको अनुपम र सकारात्मक पक्षलाई तत्काल कार्यान्वयनमा ल्याउने बताइन् । दलित सशक्तिकरणका लागि बनाइएको ऐन कार्यान्वयन गर्ने निकाय समाजिक विकास मन्त्रालय नै हो’, उनले भनिन्, ‘ऐनमा व्यवस्था गरिएको अधिकार लडेर डटेर भएपनि दलितलाई दिलाउने छौं । ’ ऐन कार्यान्वयनका लागि जोस्तोसुकै शक्ति लगाउन पछि पर्दिनँ’, उनले भनिन् ।

मधेश प्रदेश सरकारले दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक विकासको लागि बनाएको दलित सशक्तिकरण ऐन कार्यन्नका लागि १३६ स्थानीय तहमा अनुगमन समिति गठन गर्न मन्त्रालयले सक्रियता बढाए दलित समुदायको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न ऐन कार्यान्वयन गर्ने पर्ने मन्त्री साहले बताइन् ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री सञ्जय यादवले दलित सशक्तिकरण ऐनमा व्यवस्था भए अनुसारको अनुगमन समिति तत्काल स्थानीय तहमा गठन गर्न प्रदेश सांसदहरुले सक्रियता बढाउनु पर्नेमा जोड दिए । जनमत पार्टीका प्रदेश सांसदहरुले तत्काल आफू निर्वाचित प्रदेश निर्वाचन क्षेत्रको स्थानीय तहमा समिति गठनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री यादवले दलित सशक्तिकरण ऐन र नियमावलीमा व्यापक सुधारको आवश्यकता रहेको बताए । पर्याप्त अध्ययन गरी ऐन र नियमावली विस्तार गर्नु पर्ने मन्त्री यादवले उल्लेख गरे ।

नेकपा एमाले मधेश प्रदेश संसदीय दलका सचेतक लखन दास तत्माले दलित सशक्तिकरण ऐन ल्याउने सरकारका मुख्यमन्त्री लालबाबु राउतले नै ऐन कार्यान्यवनको बाधक बनेको आरोप लगाए ।
दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले राजनीति दलका नेता इमानदार नहुँदा दलित सशक्तिकरण ऐन कार्यान्वयन गर्न समस्या भएको बताए । प्रदेश सरकारले बनाएको दलित सशक्तिकरण ऐन कार्यान्वयन नहुँदा अन्यायमा परेका दलितहरुको उजुरी समेत प्रहरीले लिन अस्वीकार गरेको बैठाले बताए ।

कार्यक्रममा एमालेका प्रदेश सांसद शारदा थापा, जसपाकी प्रदेश सांसद ललिता दास, जनमतकी प्रदेश सांसद रंजु खंग, चन्द्रनगर नगरपालिकाका अध्यक्ष राजकुमार महतोसहित दलित अगुवा, नागरिक अगुवाहरुले दलित सशिक्तकरण ऐन कार्यान्वयनका लागि प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताए ।

Previous Post

सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट ९ लाख रुपैयाँ लुटिए

Next Post

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि नेपाली बक्सिङ टोली भारतको पन्जाब जाने

Next Post

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि नेपाली बक्सिङ टोली भारतको पन्जाब जाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.