Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्य

नेपाल राष्ट्र बैंक्लद्धारा ६ वटा बैंकलाई कारवाही, २ वटा बैंकलाई नगद जरिवाना

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्य, मुख्य समाचार
0
नेपाल राष्ट्र बैंक्लद्धारा ६ वटा बैंकलाई कारवाही, २ वटा बैंकलाई नगद जरिवाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


३ कात्तिक, सुक्रबार ।
नेपाल राष्ट्र बैंक्ले ६ वटा बैंकलाई कारवाहीसहित २ वटा बैंकलाई नगद जरिवान गरेको छ । चालु आर्थिक लवर्ष २०८०/८१ को महिलो त्रैमासमा नियामकिय वयवस्था उ लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरिवाना र सचेत गराएको हो । राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेकोले ७० लाख रुपैयाँ नगद जरीवाना गरेको हो । यस्तै कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) उलंघन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई पनि १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरीवाना गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को वैशाखमा सीडी रेसियो ९० प्रतिशत नाघेपछि कारवाही गरेको हो ।

एनएमबि बैंकले व्याज अनुदानको समुहियतपूणर् कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपनि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सोही कारण राष्ट्र बैकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । ‘सहुलियतपूणर् कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको छ,’ राष्ट्र बैंकले भने,को छ, ‘उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुणर् रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको ।’

राष्ट्र बैंकले उक्त कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार सचेत गराईएको हो । राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको राष्ट्र बैंकले जनाएको छ । साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा पुनः निर्देशन विपरीत ब्याज बढाएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको राष्ट्र बैंकले जनाएको छ । साथै एनअँईसी एशिया बैंकले एकिकृत निर्देशन उलंघन गरेको पाइएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिईएको राष्ट्र बैंकले जनाएको छ । साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. ६/०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं. (घ) र (ङ) समेत पालना नगरी यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार संचालक समितिलाई सचेत गराइएको हो ।

नबिल बैंकले पनि गरिएको एकीकृत निर्देशन नं. १५/०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको राष्ट्र बैकले जनाएको छ । साथै एकीकृत निर्देशन नं. १५/२०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैँकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा थप जोखिम प्रिमियम स्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको राष्ट्र बैंकले जनाएको छ । नबिल बैंंकले क्यापीटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको र एकिकृत निर्देशन नं. १५/०७८ को ३(८) विपरित प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा सेवाशुल्क लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको पाइएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको हो ।
सिटिजन्स बैंक्ले पनि राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कर्जा सापटको वर्गिकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । साथै बैंकले क्यापीटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको र प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको हो ।

Previous Post

यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान

Next Post

मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन

Next Post
मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन

मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.