Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
मुख्यमन्त्री यादवद्वारा ‘बाटो पत्रकारिताको’ पुस्तक विमोचन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, ३ कार्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानूनमन्त्री मो. समिम लगायतका मन्त्रीहरुले संयुक्त रुपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच शुक्रवार आमसञ्चार प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्नुहुँदै मुख्यमन्त्री यादवले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम, प्रशिक्षण लगायतका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकारहरुले सत्यतथ्य र विश्वसनीयतालाई अझ सबल बनाउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै वहाँले भन्नुभयो ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेखिदिनुपर्छ, पत्रकार र मिडियालाई म सम्मान गर्छु, मिडियाले गलत कार्यलाई गलत लेखिदिएमा त्यसैलाई आधार मानेर कार्वाही गर्न प्रतिवद्ध छु ।’ सकारात्मक गतिविधि एवम् विषयवस्तहरुलाई समेत पत्रकारहरुले मिडियामा समुचित स्थान दिनुपर्नेमा वहाँले जोड दिनुभयो । पत्रकार र मिडिया क्षेत्रको प्रवद्र्धन सम्बन्धी कार्यहरु अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिनुहुँदै मुख्यमन्त्री यादवले आवश्यक बजेट अभाव पूर्ति गरिने विश्वास व्यक्त गर्नुभयो ।

गृह, सञ्चार तथा कानून मन्त्री समिमले प्राधिकरणले प्रकाशन गरेको ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकलाई बढी भन्दा बढी उपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै शुभकामना व्यक्त गर्नुभयो । उक्त अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्र प्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलबार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह समेतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले प्राधिकरणको वार्षिक प्रतिवेदन समेत मुख्यमन्त्री यादव र गृह, सञ्चार तथा कानूनमन्त्री समिमलाई बुझाउनु भयो । ‘बाटो पत्रकारिताको’ नामक पत्रकारिता प्रशिक्षण सम्बन्धी एकीकृत श्रोत पुस्तकको लेखन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका पत्रकारिताका वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले गर्नुभएको छ । उक्त पुस्तकमा आधारभूत पत्रकारिता, टेलिभिजन पत्रकारिता, श्रब्यदृश्य छायाङ्कन तथा सम्पादन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र कृषि पत्रकारिता सम्बन्धी तालिम सञ्चालनका लागि निर्देशिका सहितको पाठ्यक्रम समावेश गरिएको छ ।

Previous Post

नेपाल राष्ट्र बैंक्लद्धारा ६ वटा बैंकलाई कारवाही, २ वटा बैंकलाई नगद जरिवाना

Next Post

आज विजयादशमी टीका जमरा लगाइँदै

Next Post
आज विजयादशमी टीका जमरा लगाइँदै

आज विजयादशमी टीका जमरा लगाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.