Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

परिक्रमा आज सम्पन्न

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा परिक्रमाबासीले सम्पन्न गरेका हुन् ।

अन्तगृह परिक्रमामा यसवर्ष पनि लाखौ श्रद्धालुहरु सहभागि भएका छन् । अन्तरगृह परिक्रमामा तिर्थालु तथा श्रद्धालुहरुको मानव शैलावनै सडकमा देखिएको हो ।

परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम मनोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ । परिक्रमा सकिएपछि यसमा सहभागि भएका लाखौ श्रद्धालुहरु आ आफ्ना गन्तव्य तर्फ लागेका छन् ।

परिक्रमाको इतिहास त्रेतायुग संग जुडि़एको छ । प्रभु श्रीराम आफ्नो अनुज लक्ष्मण र गुरु विश्वामित्र को साथ मिथिलाको तत्कालीन राजा जनक द्वारा आयोजित धनुष यज्ञमा भाग लिन मिथिलाधाम पधारेको थिए । राजा जनकको दरबारमा पुग्नु भन्दा अगि श्रीरामले अनुज र गुरुकोे साथ नगर दर्शन गर्नुभएको थिए । प्रभुले नगर दर्शनमा जुन जुन पराव स्थलमा विश्राम गरेका थिए,परिक्रमामा पनि त्यस स्थानकोनै श्रद्धालुहरुले यात्रा गर्छन् । यो सम्पूर्ण यात्रा ८४ कोस को हुन्छ । परिक्रमामा भारत–नेपालको संत, साधु र श्रद्धालु शामिल हुने गर्छन् । नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौहजार श्रद्धालुभक्तजन तथा साधुसन्तहरु परिक्रममा सहभागि हुने गर्दछन् ।

१५ दिने परिक्रमा अन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन,पर्वता, धनुषाधाम, सतोखर, औरही, करुणा (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रमा गरि परिक्रमा सम्पन्न हुने गर्दछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजनहरु अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । तर, तीनै तहको सरकारले यसको व्यवस्थापनमा खासै ध्यान दिएको छैन । कम्तीमा जनप्रतिनिधिले परिक्रमा सडकलाई कालोपत्र गरि दिनु पथ्र्यो परिक्रमा यात्रीको गुनासो थियो । परिक्रमा सडकको बाटो बिगरेकाले परिक्रमा यात्रीले असहज महसूस गरेका छन् ।

यता विभिन्न संघ संगठनले परिक्रमायत्रीको सुविधाका लागी निःशुल्क भोजन,पानी,खाजा,चिया र औषधी उपचारका लागी शिविर संचालन गरेका थिए । यसपाली पनि सडकपेटीमा भिखारी र असहायहरुको भीड थियो जसलाई परिक्रमायात्रीले दान गर्दै यात्रा गरेका हुन् ,। प्रिक्रमा सडकमा पर्ने पिडारी चोक ,भानु चोक भमरपुरा चोक लगायतका ठाँउमा भीडले गर्दा बाटो अवरुद्ध हुनाले बस,मोटरसाईकल,टेम्पो आदि चल्न गार्हो नहोस् भनेर ठाँउ ठाँउमा ट्राफिक प्रहरीले निगरानी गरि रहेका थिए ।

Previous Post

परिक्रमायत्रीको लागी गोरधोई पोखरी र आसपासको क्षेत्रामा सरसफाई

Next Post

राष्ट्रपति चयनका लागि सकिएको मतदानमा ५१ जनाले मतदान गरेनन्

Next Post

राष्ट्रपति चयनका लागि सकिएको मतदानमा ५१ जनाले मतदान गरेनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.