Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
पृथ्वी जयन्तीको बधाई थापिरहेका राजेन्द्र लिङ्देन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ पुस, काठमाडौं । भृकुटीमण्डपको चौरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेता कार्यकर्तासंग ‘सेल्फी’ खिचाउन भ्याइ नभ्याइ थियो ।

पृथ्वीजयन्तीको अवसर पारेर पार्टीले आयोजना गरेको चियापानमा राप्रपा अध्यक्ष लिङ्देनसंगै कुनै समयका ‘भाइरल म्यान’ ज्ञानेन्द्र शाही मोबाइल क्यामेराको केन्द्रमा थिए ।राप्रपाले यसपटक सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने शर्त राखेको थियो । प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि उसले यसलाई जितको रुपमा लिएको छ ।

त्यसैले विगतमा नेपाल पुलिस क्लब, राष्ट्रिय सभागृहमा गर्दै आएको चियापान कार्यक्रमलाई उसले यस वर्ष अलि फराकिलो भृकुटीमण्डपमा सार्‍यो ।

मंगलबार प्रतिनिधिसभामा प्रचण्डलाई विश्वासको मत दिने वचन दिँदा लिङ्देनले संसदबाटै चियापानमा आउन सांसदहरुलाई निम्ता दिइसकेका थिए । चियापानमा राप्रपाका नेता कार्यकर्ता त आउने भइहाले, विभिन्न दलका शीर्ष नेता, सांसदहरु, संवैधानिक आयोगका प्रमुख, प्रशासक, विभिन्न पेशा व्यवसायका व्यक्ति र सर्वसाधारणसम्म राप्रपाको निम्तो स्वीकारेर भृकुटीमण्डप पुगे ।

राप्रपाको निम्तो मान्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत थिए ।

पृथ्वीनारायणको फोटोमा फूलमाला चढाउँदै मञ्चमा उक्लेका नेताहरुले राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई दिए । उपलक्ष्य पृथ्वी जयन्तीको भएपनि लिङ्देनलाई नेताहरुले उनको पार्टीको आयतन फैलिएकामा बधाई दिइरहेका थिए ।

०६२/०६३ को जनआन्दोलनपछि खुम्चिएको राप्रपाको नेतृत्वमा लिङ्देन आएपछि संघीय संसदमा १४ सांसद निर्वाचित भए भने सबै प्रदेशसभामा उसको प्रतिनिधित्व छ ।

३०१ वर्ष अगाडि जन्मेका पृथ्वीनारायण शाहपछि मुलुकले राणा शासन, प्रजातन्त्र, पञ्चायतहुँदै लोकतान्त्रिक व्यवस्था भोगिसक्यो । तर पृथ्वीनारायणलाई लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक बनाउन सक्नुलाई राप्रपाले आफ्नो जितका रुपमा ‘सेलिब्रेट’ गरिरहेको छ । राप्रपाको सेलिब्रेसनमा सहभागी भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथ्वीनारायणलाई राष्ट्रिय एकताको प्रतीकका रुपमा अर्थ्याए ।

‘पृथ्वीनारायण नभएको हामी अहिले नेपाली हुने थिएनौं’, पौडेलले भने, ‘अहिले हामीलाई राष्ट्रिय एकताको खाँचो छ त्यही भएर हामीले हिजो(मंगलबार) एकै ठाउँमा भोट हाल्यौं ।’

मञ्चको बायाँपट्टी पृथ्वीनारायणको ठूलो फोटोसंगै ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, चेतना भया’ लेखिएको पोष्टरलाई पृष्ठभूमिमा पारेर विजय भावमा उभिएका राप्रपा अध्यक्ष लिङ्देनको हाईहाई गर्दै नारा लगाउने कार्यकर्ताको कमी थिएन ।

एक वर्षअघि राप्रपाको अध्यक्ष भएका लिङ्देनलाई भृकुटीमण्डपकै मञ्चबाट एमाले अध्यक्ष ओलीले आफ्नो चिरपरिचित उखान टुक्का शैलीमा ‘बाच्छो’ भन्दै ब्यंग्य गरेका थिए ।

बुधबार भने राप्रपाको सेलिब्रेसनमा ओली पनि सहभागी भए । पृथ्वीनारायणको तस्वीरमा फूलमाला चढाउँदै मञ्चमा उक्लिएका ओलीले लिङ्देनलाई बधाई दिए ।

लिङ्देनसंगै चियाखाजा खाएका ओलीले पनि पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे । ‘पृथ्वीनारायणले एकीकरण गरेर नेपाल बन्यो, हामी नेपाली बन्यौ, त्यसकारण यसमा खुसियाली मनाउनुपर्छ’ उनले भने ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले त पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको नायक नै घोषणा गरे । पृथ्वीनारायणको भुमिकाका बारेमा कुनै विवाद गर्न नहुने तर्क गर्दै श्रेष्ठले पृथ्वीनारायणको सम्मानमा विदा दिएको सुनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि पृथ्वीनारायण शाहको चर्चा गरे र सार्वजनिक विदालाई निरन्तरता दिने प्रतिज्ञा सुनाए ।

नेपाल लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेपछि सरकारले पृथ्वी जयन्तीमा दिँदै आएको सार्वजनिक विदा काटिदिएको थियो । त्यसपछि राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको थियो ।

यसपटक भने उसको माग पूरा भयो । राप्रपा नेता दीपक सिंह आफूहरुको एजेण्डा यसपटक स्थापित भएको बताए । ‘सबैले हाम्रो एजेण्डा स्वीकार गरे’, सिंहले भने, ‘यो राप्रपासंगै सबै नेपालीको जित हो ।’

चियापानमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि एउटा आकर्षण थिए । राप्रपा छाडेर राप्रपा नेपाल दल खोलेका कमल थापा पनि लिङ्देनले आयोजना गरेको चियापनमा आइपुगेका थिए ।

थापाको चित्त भने प्रसन्न थिएन । ‘पृथ्वी जयन्ती मात्र भनेर विदा दिइयो, यसलाई राष्ट्रिय एकता दिवस भन्नुपर्ने थियो’, थापाले गुनासो गरे । सञ्चारकर्मीसंग गुनासो गरेपनि थापाले लिङ्देनलाई बधाई भने दिए ।

बिहान १० बजेदेखि नै चियापानमा निम्तालुको स्वागत गरिरहेका लिङ्देनले दिनभर बधाई थापे । कार्यक्रमको समापनसंगै लिङ्देनले २७ पुसलाई राप्रपाको विजयोत्सवका रुपमा अर्थ्याए ।

संसदमा रहेका सबै दललाई पृथ्वीजयन्ती सेलिब्रेसनमा सहभागी गराउने समथ्र्य बनाएका लिङ्देनले २७ पुसलाई अबका दिनमा राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने माग राखे । कार्यकर्ताको हुटिङसंगै लिङ्देन कार्यकर्ताको सेल्फी क्यामेराले घेरिए ।

Previous Post

राष्ट्रपतिसँग दुई घण्टा

Next Post

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै

Next Post
जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.