Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव

swarmikhabar by swarmikhabar
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका छन् । शनिबार समाजवादी युवा संघ केन्द्रिय समितिद्धारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पछिल्ला समय नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका हुन् । अध्यक्ष यादवले पछिल्लो समय उदयमान भएको राजनीति पार्टीको कमजोर बिचार, सिद्धान्त र राजनीति संस्कारका कारण पनि यस्तो हुन् गएको बताए । नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा भएपाि राजनीति रुपमा उनीहरु कमजोर रहेका छन्, नयाँ दलमा अधिकांश युवाहरुमा राजनीति संस्कार, बिचार र सिद्धान्तको कमी रहेको छ । उनले भने । पहिला समयमा युवा एउटा बिचारधाराहप्रष्ट हुन्थ्यो, पछिल्लो समय यस्तो नभएको भन्दौ दुखेसो पोखे । पछिल्लो समयका युवाहरु अपवाह “रियूम्र्स”को पछाडि बढी लाग्ने गरेको भन्दैँ चिन्ता व्यक्त गरेका छन् । उनले अबको आधुनिक राजीनितक अध्ययन बिना फिका हुने भन्दैँ युवाहरुलाई बढी भन्दा बढी अध्ययन गर्न सुझाए ।


त्यस्तै, उदघाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पुर्व मन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने भन्दौ औल्याए । उनले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधमा विभिन्न षडयन्त्रहरु सुरु भएको भन्दैँ युवाहरु सचेत हुने अवस्था आएको समेत बताए ।
“संघीयतालाई समाप्त गर्न केहि अनावश्यक तत्व सक्रिय भएको र त्यसलाई बौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ, नत्र संघीयता धरापमा पर्न सक्ने स्थिीति आउन् सक्छ ।” उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापना गर्न युवा खुलेर सक्रिय रुपमा लाग्नु पर्ने आवश्यकता भएको बताएका हुन् ।
त्यस्तै, मधेश प्रदेश सरकारका उर्जा, सिचाँई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले युवाहरुमा अध्ययनमा रुचि घट्दै गएको भन्दैँ चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुकमा आएको नाकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाहरुले अध्ययनमा रुचि नदेखाएको बताए । मधेशका युवामा क्षमता हुदाँ हुदैँ पनि अफवाह तर्फ लागेको र आफ्नो बौद्धिकता प्रयोग गर्न नसकेको भन्दैँ दुखेसो गरेका हुन् । मन्त्री कलवारले मधेशका युवामा बौद्धिक सक्रियता घट्नाले सामाज पनि सहि गलत छुट्याउने नसक्ने भएको तर्क गरे ।
“मुलुकमा आएको नाकारात्मक राजनीतिक ट्रेन्डका कारण अध्ययनमा क्षेत्र छोडेको छ, जसकारण नेपाली समाजले सहि र गलत छुटयाउन् सकिरहेको छैन् ।” उनले भने शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्च स्तरको बौद्धिकता पाउन् सक्ने बताए । कार्यक्रम सफलताको कामना गर्दै उनले यस्ता किसिमको प्रशिक्षणले युवाहरुमा प्रशसानिक र ऐतिहासिक कुराहरु अझै परिस्कृत भएर आउने बताए । यहाँबाट प्रशिक्षित भएर गएर संघीयताको बारेमा अझै जनतालाई सचेत गराउने कार्यमा लाग्न आग्रह समेत गरे ।


जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जिवनमा निखारता ल्याउने बताए । पार्टीको विचार, नीति र सिद्धान्तको बारेमा जानकारी पाएपछि समुदायमा लिएर जान सहज हुने बताए । उनले युवालाई अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । युवा संगठनको नेतृत्व गरेकाहरु राजनीतिक उचाइ पाएको बताउँदै उनले केही दिन देखि युवामा ह्रास आएको बताए । केही दिन यता देखि युवाहरुको सवालमा बाटो विराएको जस्तो महसुस भएको उनले टिप्पणी गरे । मधेश प्रदेश स्थापित गर्नकालागि पार्टीका युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले राजनीतिक परिवर्तन संगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए । उनले युवाहरुलाई सामाजिक परिवर्तन तिर लाग्नुपर्ने सुझाव समेत दिए । पार्टी, सिद्धान्त विरुद्ध वितृष्णा फैलाउने कार्य भइ रहेको दावी गर्दै उनले ती समस्यालाई समाधान युवाहरुले नै गर्न सक्ने भएकाले प्रशिक्षित हुनु जरुरी रहेको बताए । उनले प्रशिक्षित भए पछि त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने सुझाव दिँदै बादविवाद र पार्टीको सिद्धान्त, पद्धति जनता समक्ष स्पष्ट रुपमा राख्न सकिएनौ भने यस प्रशिक्षणको औचित्य पनि रहेको बताए ।


कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाहरुमा देखिएको केही अभावहरु यस प्रशिक्षणवाट प्राप्त हुने बताए । उनले युवाहरु देश विदेशमा परिवर्तन ल्याए तर आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ त्यस तिर साकारात्मक रुपमा अगाडि बढ्नकालागि युवाहरुलाई आग्रह गरे । युवाहरुमा आत्मविश्वासको आवश्यकता रहेको बताउँदै अधिकार पाउने सवालमा युवाहरु बञ्चित हुनुको कारणनै हामी युवा संगठित नहुनु रहेको बताए । मधेश कमजोर भएर प्राप्त उपलव्धिलाई संस्थागत हुन नदिन विभिन्न विधेयकहरु ल्याएर षडयन्त्र गरिएको आरोप समेत लगाए । हामीमा सामाजिक दायित्व रहेको बताउँदै उनले तीन दिने प्रशिक्षणवाट सामाजिक उत्तरदायित्व पूरा हुने विश्वास व्यक्त गरे । युवा गलतको विरोध र सहीको समर्थन गर्न छाडे कुनै पनि अवस्थामा परिवर्तन हुन नसक्ने दावी गरे । युवाहरुलाई अनुशासनको नाममा दवाउने काम विगतमा अन्य पार्टीहरुमा देखिएको टिप्पणी गर्दै उनले आफ्नो ठाउँबाट विद्रोह गर्न सक्ने अधिकार जनता समाजवादी पार्टी भित्र रहेको बताए ।


शनिबारबाट सुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ । सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित रहेको छ । तीन दिवसीय चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । भने सो प्रशिक्षणमा उनले राजीनित शास्त्र, समाजवाद शास्त्र, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य संचालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयमा प्रशिक्षण दिने छन् । यसअधि जसपा अध्यक्ष यादवले जसपाका भातृसंस्थाहरु समाजवादी महिला संघ, प्रेस मञ्च नेपाल र मधेश प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसक्नु भएको छ ।

Previous Post

सर्लाहीमा दुईटा मोटरसाईकल एक आपसमा ठोकिँदा १ जनाको मृत्यु ,२ जना घाइते

Next Post

पत्रकारको कामले जनतामा आशा जागनु पर्दछ – सभामुख मण्डल

Next Post
पत्रकारको कामले जनतामा आशा जागनु पर्दछ – सभामुख मण्डल

पत्रकारको कामले जनतामा आशा जागनु पर्दछ - सभामुख मण्डल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.