Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपतिद्वारा जारी सन्देश

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपतिद्वारा जारी  सन्देश
198
SHARES
3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा उपराष्ट्रपति महामहिम रामसहाय यादवद्वारा जारी सन्देश ।


राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणाम स्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । यो दिवसले देशको लोकतान्त्रिक मूल्यहरु, सहिदहरुको योगदान, स्वतन्त्रता र राष्ट्रिय एकताको महत्वपूर्णतालाई स्मरण गराउँदछ । हाम्रा अग्रजहरुको संघर्ष, बलिदान र अटूट संकल्पकै कारण हामीले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताको उपहार प्राप्त गरेका हौं । यस महत्वपूर्ण अवसरमा, हामी सबैले मुलुकको द्रूत विकास, समृद्धि र सामाजिक समरसताका लागि सदैव समर्पित भावका साथ अघि बढ्ने प्रण एवम् दृढ संकल्प लिन सक्नुपर्दछ ।


राष्ट्रिय प्रजातन्त्र दिवसले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो, सुदृढ र सबल बनाउने हाम्रो दायित्व, कर्तव्य र जिम्मेवारीलाई स्मरण र बोध समेत गराउँदछ । हामीलाई सम्पूर्ण नागरिकहरुको अधिकारहरुको रक्षा, न्यायपूर्ण समाजको स्थापना र सबैका लागि समान अवसर सुनिश्चित गर्ने दिशामा एकजूटताका साथ क्रियाशील हुन पनि उत्प्रेरित गर्दछ । यो दिवसले हामी सबैलाई मिलेर एउटा बलियो, समृद्ध र शान्त नेपालको निर्माणमा दत्तचित्त भई लाग्न अभिप्रेरित गर्न सकोस् ।
विश्वमा अनेक शासन प्रणााली मध्ये लोकतन्त्र सर्वश्रेष्ठ शासन–प्रणाली हो । यो प्रणााली एउटा सामाजिक व्यवस्था पनि हो, जसको लक्ष्य सबै नागरिकलाई यथासम्भव बढी भन्दा बढी लाभान्वित गर्नु हो । लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने काम लोकतन्त्रमा विश्वास राख्नेहरुबाट किमार्थ हुन सक्तैन । यो व्यवस्था–प्रणालीमा राजनीतिक दल र त्यसका नेतृत्वहरु सकारात्मक सोचका साथ अघि बढ्न आवश्यक छ । सम्पूर्ण राजनीतिक दल र नेतृत्व पंक्तिले आफूमा आदर्श आचारसंहिता लागू गर्न सक्नुपर्दछ।
लोकतन्त्रको आत्मा भनेको जनताको सम्प्रभुता हो, जसको परिभाषा युगहरुसंगै परिवर्तन हुँदै आएका छन, तर, यसको आधुनिक आविर्भावका पछाडि एउटा लामो इतिहास छ । उक्त इतिहासबाट पाठ सिक्दै, कमिकमजोरीमा सुधार गर्दै, नेपालको संविधानमा व्यवस्था भएको संघीय गणतन्त्र,समानता,समावेशिता,धर्मनिरपेक्षता,कानूनी राज्य,सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता हो । नेपालमा संघीय लोकतन्त्रलाई सफल बनाउन गरीबी, भेद्भाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रो लागि निर्विकल्प हो।
लोकतन्त्र, शासनको रुपमा मात्र सीमित हुनु हुँदैन । मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउन तर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नु पर्दछ । लोकतन्त्रमा कुनै पनि विशेषाधिकारयुक्त वर्ग हुँदैन, जाति, धर्म, वर्ण, वंश, धन, लिङग् आदिका आधारमा कुनै पनि व्यक्तिसंग कुनै प्रकारको भेदभाव पनि गरिन्न । राजनीतिक लोकतन्त्रको सफलताका लागि उसको आर्थिक लोकतन्त्रसंग गठबन्धन आवश्यक छ । आर्थिक लोकतन्त्रको अर्थ–समाजका प्रत्येक सदस्यलाई विकासमा समान रुपमा भौतिक सुविधाहरु प्राप्त हुनु हो, जन–जन बीच आर्थिक विषमता नबढोस्, एउटा व्यक्तिले अर्कोलाई शोषण गर्न नसकोस् भन्ने पनि हो ।
अन्त्यमा, मुलुकमा प्रजातन्त्र स्थापनार्थ विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनसंघर्ष, मधेश जनविद्रोह, आदिवासी जनजाति लगायतका आन्दोलनमा आफ्नो ज्यानको आहूति दिने सम्पूर्ण महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतान्त्रिक मूल्य, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सम्पूर्ण सेनानीहरुलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रजातन्त्र दिवस, देशमा लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थिरता, संविधानको मूल मर्म–संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयन, जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन उत्प्रेरक बनोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।
२०८१ फागुन ७ गते बुधबार ।
ने.सं. ११४५ सिल्लागा, सप्तमी ।
रामसहाय प्रसाद यादव
उपराष्ट्रपति

Previous Post

मधेश प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Next Post

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा भव्य रूपमा मनाइयो ।

Next Post
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा भव्य रूपमा मनाइयो ।

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा भव्य रूपमा मनाइयो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.