सर्लाही – माघ २८
“पूर्ण खोप, सुरक्षित भविष्य” नाराका साथ राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. खोप अभियान–२०८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम चक्रघटा गाउँपालिकामा सम्पन्न भएको छ।
पालिकास्तरीय खोप समन्वय समितिको सहभागितामा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै चक्रघटा गाउँपालिकाका प्रमुख कृष्णा कुमार यादवले खोपको महत्व, यसको निःशुल्क उपलब्धता, तथा प्रभावकारिताका बारेमा जानकारी दिनुभयाे ।

कार्यक्रम चक्रघटा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका सभाहलमा सम्पन्न भएको हो। स्वास्थ शाखा प्रमुख राम बहादुर साहले खोप जीवनरक्षक रहेको भन्दै समयमै खोप लगाउन पालिकावासीलाई आग्रह गरिएको समेत गरे ।
“खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्छ!” भन्ने सन्देशसहित यो अभियान आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गरिने आयोजक पक्षले जनाएको छ।
चक्रघटा गाउँपालिकामा दाेस्राे चरणमा फाल्गु्ण १ गते देखि सञ्चालन हुनेछ ।


चलो आज रात को अविस्मरणीय बनाते हैं … – https://rb.gy/es66fc?floott