Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

जसपा नेपालले पुस १४ गते बृहत् विरोध प्रदर्शन गर्ने ।

Sp Yadav by Sp Yadav
४ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
जसपा नेपालले पुस १४ गते बृहत् विरोध प्रदर्शन गर्ने ।
1.7k
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‎जनकपुरधाम, पुस ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न २८ बुँदे मागहरू अघि सार्दै सुरु गरेको चरणबद्ध आन्दोलन अन्तर्गत पुस १४ गते जनकपुरधाममा बृहत् विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने भएको छ।
‎सप्तरीदेखि सर्लाहीसम्मका पाँच जिल्लालाई केन्द्रमा राखेर जनकपुरधाममा आयोजना हुने उक्त कार्यक्रमका लागि जसपा नेपालले तयारीलाई तीव्र बनाएको छ। आज जनकपुरधाममा केन्द्रीय महासचिव रामकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति गठन गरेको छ। बैठकले जनकपुरधामको तिरहुतिया गाछीमा विरोध सभा आयोजना गर्ने निर्णय पनि गरेको छ।
‎बैठकबाट जनपरिचालन समिति, मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, युवा परिचालन समिति र अनुगमन समिति गठन गरिएको छ।
‎केन्द्रीय उपमहासचिव दीपक कार्कीको अध्यक्षतामा गठित जनपरिचालन समितिमा पाँचवटै जिल्लाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूलाई समेटिएको छ। यस्तै, जीतेन्द्र कुमार यादवको अध्यक्षतामा गठित मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार समितिमा ज्ञानेन्द्र कुमार यादव, पशुपति यादव, चमेली देवी दास, श्यामकुमार यादव, दीपेन्द्र कुमार कापडी र बलिराम कापडी सदस्य रहेका छन्।
‎केन्द्रीय कोषाध्यक्ष सुरिता कुमारी साहको अध्यक्षतामा गठित आर्थिक व्यवस्थापन समितिमा डा. सुरेन्द्र यादव, प्रदेश कोषाध्यक्ष विष्णु कुमार साह, राजकुमार गुप्ता र डा. बबी सिंह सदस्य रहेका छन्।
‎यसैगरी, विन्देश्वर यादव (विक्की) को संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ, जसमा युवा तथा विद्यार्थीका प्रदेश अध्यक्षहरू र पाँचवटै जिल्लाका युवा तथा विद्यार्थी जिल्ला अध्यक्षहरू समावेश छन्। बैठकले हरिनारायण यादवको अध्यक्षतामा अनुगमन समिति पनि गठन गरेको छ, जसमा लालकिशोर साह र नागेन्द्र यादव सदस्य रहेका छन्।
‎प्रचार–प्रसार उपसमितिका संयोजक जीतेन्द्र यादवले आन्दोलनलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवारीसाथ परिचालित गरिएको जानकारी दिए। जसपा नेपालले संविधान संशोधनलगायतका आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

Previous Post

‎जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

Next Post

‎राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको नामावली पठायो

Next Post
‎राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको नामावली पठायो

‎राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको नामावली पठायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.