सर्लाही, पुस १० — स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको सिद्धान्त अवलम्बन गर्दै आएको राष्ट्रिय मुक्ति पार्टी, नेपाल सर्लाही जिल्ला समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक (बन्द सूची) तर्फका उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ।
जिल्ला अध्यक्ष गणेश कुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको विस्तारित बैठकको निर्णयअनुसार सर्लाही जिल्लाअन्तर्गतका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फका उम्मेदवार चयन गरी केन्द्रिय कार्यालय नयाँ वानेश्वर, काठमाडौँमा सिफारिस गरिएको जिल्ला सचिव मुकेश कुमार पण्डितले जानकारी दिए।
पार्टीले निर्वाचन क्षेत्र नं. १ बाट श्याम इन्दल साह र राम परिक्षण साहलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ। निर्वाचन क्षेत्र नं. २ बाट राजेन्द्र महतो, क्षेत्र नं. ३ बाट लाल विहारी यादव तथा निर्वाचन क्षेत्र नं. ४ बाट राम किशोर सिंह, राम प्रवेश साह र सुरेन्द्र महतो कुशवाहालाई प्रत्यक्ष तर्फको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

