Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

‎आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने -अध्यक्ष यादव

Sp Yadav by Sp Yadav
४ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
‎आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने -अध्यक्ष यादव
3.5k
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम १४, पौष। जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण र सुदृढीकरणका लागि जसपा नेपालको मधेश प्रदेश समिति जनकपुरको आयोजनामा सम्पन्न सभाका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको बताएका छन्।
‎
‎उनले विगत ३५ वर्षदेखि सरकारमा रहेका कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, उदारीकरण र निजीकरणका कारण देशका करिब १३५ वटा कलकारखाना बन्द भएको, सरकारी विद्यालयको अवस्था कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्बभन्दा बढी ऋणको बोझमा परेको आरोप लगाए।
‎
‎अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई सरकारले सम्हाल्न नसकेको भन्दै ती सबै क्षेत्र ध्वस्त पार्ने जिम्मेवारी सत्तारुढ दलहरूकै भएको टिप्पणी गरे। उनीहरूको शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको उनको भनाइ थियो। संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरूलाई बेवास्ता गरिएको उनले बताए।
‎
‎यही निराशाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रिएको, सिंहदरबारलगायत ऐतिहासिक र सामरिक महत्वका संरचनामा क्षति पुगेको, नेताहरूको घर जलाइएको र सुरक्षाकर्मीको संरक्षणमा भाग्नुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे। तर, अहिलेको सरकारले ती आन्दोलनकारी युवाहरूलाई पनि विगतमा मधेशी र मधेशी जनतालाई ठगेको जस्तै जेनजी युवाहरुलाई झुक्याउने प्रयास गरिरहेको आरोप लगाए।
‎
‎अध्यक्ष यादवले जसपा नेपाल हरेक किसिमले निर्वाचनमा जान तयार रहेको तर हालको सरकार निर्वाचन गराउन असक्षम रहेको दाबी गरे। मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा उनले जोड दिए। संविधान पुनर्लेखन नभएसम्म जसपा नेपाल संघर्षमै रहने उनको भनाइ थियो।
‎
‎उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन हुने व्यवस्था गर्न संविधान संशोधन अपरिहार्य रहेको बताए। हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले माग गरे।
‎
‎अध्यक्ष यादवले मुलुकको कुल जनसंख्याको करिब ६० प्रतिशत मधेशी भए पनि अहिलेको निर्वाचन क्षेत्र संरचनाले केवल १० प्रतिशत मात्र प्रतिनिधित्व दिएको भन्दै यो ठुलो विभेद भएको बताए। महिला, दलित र अल्पसंख्यक समुदाय निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेकाले उनीहरूका लागि आरक्षित निर्वाचन क्षेत्र व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।
‎
‎विरोध सभामा सहभागीहरूले संघीयता विरोधी गतिविधि, सुशासनको अभाव, सामाजिक न्यायमाथि भइरहेको आक्रमण तथा जनजीविकासँग जोडिएका समस्याको विरोधमा नाराबाजी गर्दै सरकारलाई जनताको मागप्रति गम्भीर बन्न दबाब दिएका थिए ।
‎जनकपुरधाम– तिरहुतिया गाछीमा जनता समाजवादी पार्टी,नेपाल मधेश प्रदेश अध्यक्ष बालकिशाेर यादवकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा मधेशका विभिन्न जिल्लाबाट हजारौँ नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Previous Post

‎राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको नामावली पठायो

Next Post

‎काैडेना गाउँपालिकामा नागरिक सेवा प्रवाहबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Next Post
‎काैडेना गाउँपालिकामा नागरिक सेवा प्रवाहबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

‎काैडेना गाउँपालिकामा नागरिक सेवा प्रवाहबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.