Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अर्थ

‎द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभको २९औँ वार्षिक साधारण सभा सम्पन्न

Sp Yadav by Sp Yadav
४ महिना अगाडि
in अर्थ, मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
‎द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभको २९औँ वार्षिक साधारण सभा सम्पन्न
85
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा (सर्लाही), २७ मंसिर – द–सहारा लोन तथा सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा तथा निर्णय प्रमाणीकरण सभा शुक्रबार मलंगवास्थित कुसुम पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न गरेको छ।

‎सभाको उद्घाटन गर्दै सहकारीका अध्यक्ष नागेन्द्र कुमारले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा सहकारीले सहकारी ऐन, नियमावली तथा विभागीय निर्देशनको पूर्ण पालना गर्दै पारदर्शी र गुणस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको तथा निरन्तर प्रगतिमा रहेको उल्लेख गरिएको छ।

‎गत तीन आर्थिक वर्षको तुलनामा सहकारीका प्रमुख वित्तीय सूचकमा उल्लेखनीय वृद्धि भएको छ। चुक्ता शेयर पूँजी रु. ३१.६१ करोडबाट बढेर रु. ४४.५७ करोड, जगेडा तथा अन्य कोष रु. ५९.३६ करोडबाट बढेर रु. ८१.६८ करोड, निक्षेप तथा बचत रु. २९.९३ अर्बबाट बढेर रु. ५५.०५ अर्ब, कर्जा लगानी तथा सापटी रु. ३६.७९ अर्बबाट बढेर रु. ५१.८८ अर्ब र खुद मुनाफा रु. ६.८७ करोडबाट बढेर रु. १८.२९ करोड पुगेको प्रतिवेदनमा जनाइएको छ। चालु आर्थिक वर्षमा मात्र सहकारीले नेपाल सरकारको आन्तरिक राजस्व विभागमा रु. १ करोड ९६ लाख ७३ हजार २२५ कर तिरेको छ।

‎आर्थिक वर्ष ०८१/८२ मा सहकारीले रु. १६ करोड ३१ लाख ९६ हजार ३८८ खुद मुनाफा आर्जन गरेको छ। कोषगत व्यवस्थाअनुसार प्रति शेयर रु. ११२.१४३ लाभांश घोषणा गरिए पनि आयकर कट्टीपछि शेयरधनीहरूलाई प्रतिशेयर रु. १०६.८१ का दरले लाभांश वितरण गरिने अध्यक्ष कुमारले जानकारी दिनुभयो।

‎३२ वर्ष लामो सहकारी यात्राको क्रममा समयसापेक्ष आधुनिक सेवा विस्तार गरिएको बताउँदै अध्यक्ष कुमारले हाल अनलाइन बैंकिङ, QR कोडमार्फत बचत खाताबाटै कारोबार, मोबाइल बैंकिङ लगायतका प्रविधिमैत्री सुविधाहरू सञ्चालनमा ल्याइसकेको बताउनुभयो। लेखा सुपरिवेक्षण समितिले संस्थामा सुशासन, पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न नियमित सुझाव तथा अनुगमन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

‎सभामा एकाइ–६ का प्रतिनिधि, शेयर सदस्य, सहकारी विभागका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। सहकारीका पदाधिकारीहरूले आगामी दिनमा संस्थालाई थप सुदृढ, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Previous Post

‎नेपाल प्रहरीकी असई रागनी कुमारी यादव राष्ट्रिय स्तरमा ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

Next Post

‎जसपा नेपाल धनुषा–२ बाट प्रत्यक्षतर्फ जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सिफारिस

Next Post
‎जसपा नेपाल धनुषा–२ बाट प्रत्यक्षतर्फ जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सिफारिस

‎जसपा नेपाल धनुषा–२ बाट प्रत्यक्षतर्फ जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.